८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ



त्रिशूली । नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् ।

पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुुसार पक्राउ पर्नेमा १७ वर्षीय युवक र उनकी श्रीमती ३७ वर्षीया जमुना नेपाली रहेका छन् ।

“बाबु छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको’ पाइएकाले पक्राउ गरिएको हो”, प्रनाउ खड्काले भने, “शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौँ ।”

प्रहरीको प्रारम्भिक अुनसन्धानका क्रममा अभियुक्तहरूले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले ‘हत्या गरेको’ भनेर स्वीकार गरेको पाइएको छ । ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए । त्यसपश्चातदेखि नै बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष ती अभियुक्तले बयान दिएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ९ : ३७ बजे

निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

ललितपुर । अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी

झण्डा जलाउनेहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् : शंकर पोखरेल

बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले झण्डा जलाउने जस्ता

युएईद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र

लुम्बिनी बोर्डिङ स्कुलको ३२ औँ वार्षिकोत्सव सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिकास्थित चिडियाखोला सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको