१५ बैशाख २०८१, शनिबार | April 27, 2024

देशकै सर्वोत्कृष्ट नगर भएकोमा नगरप्रमुख पाण्डेयले दिए बुटवलबासीलाई बधाई



बुटवल । बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट भएकोमा बुटवलबासीलाई बधाई तथा धन्यवाद दिएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका नगरपालिकामध्ये सर्वोत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएकोमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवलबासीको साथ, सहयोग र समर्थनमा बुटवल उत्कृष्ट हुन सम्भव भएको भन्दै धन्यवाद दिएका हुन् ।

नेपाल नगरपालिका संघले बुटवललाई स्थानीय आर्थिक विकासमा ९५ प्रतिशत अंक प्राप्त गर्दै सर्वोत्कृष्ट भएकोमा मंगलबार काठमाडौंमा पुरस्कृत गरेको थियो । बुधबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख पाण्डेयले नेपाल नगरपालिका संघले प्रदान गरेको अवार्ड बुटवलबासीमा समर्पित गर्ने र आगामी दिनमा अझ बढी प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

देशकै उत्कृष्ट नगरका रूपमा पुरस्कृत हुनुले आफूहरूको काममा हौसला थपिएको भन्दै प्रमुख पाण्डेयले नगरलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दललगायत सबै सरोकारवालालाई धन्यवाद दिए । उनले बुटवललाई सबै क्षेत्रमा अब्बल बनाउनका लागि प्रयत्नरत रहेको भन्दै बुटवलबासीको चाहना र आवश्यकतालाई सधै प्राथमिकता दिएको बताए ।

‘बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा जोड दिएका छौं। त्यसका लागि केही योजना अघि सारेका छौं, जुन कार्यान्वयनका क्रममा छन्’-उनले भने-‘पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ, यसलाई थप प्रभावकारी बनाउदै काम गर्नेछौं ।’

’हाम्रो मुख्य कार्यभार चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने, चालु योजनालाई समयमै सम्पन्न गर्ने, बुटवलवासीलाई सुशासन र विकासको अनुभूति दिलाउनु हो । संघ, प्रदेश र आन्तरिक स्रोतको अधिकतम परिचालन तथा दातृ निकायहरूबाट प्राप्त सहयोगको उच्चतम उपयोग गरी बुटवलको विकासमा नयाँ उचाइ हासिल गर्नेछौं’-उनले भने ।

सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम, बजेट र योजनाहरू अघि बढाइएको नगरप्रमुख पाण्डेयले बताए। ‘विकास सँगसँगै नगरको सौन्दर्यीकरण, सहरी व्यवस्थापन र सेवासुविधामा सुधार ल्याउनु स्थानीय सरकारको प्रमुख दायित्व हो,’ नगरप्रमुख पाण्डेयले भने । उनका अनुसार उपमहानगरले आफ्ना नागरिकका आवश्यकतालाई दृष्टिगत गर्दै सेवा प्रवाहलाई जनमुखी बनाउन घरदैलो सेवा सुरु गरेको छ ।

प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो । तीमध्ये स्थानीय आर्थिक विकासतर्फ बुटवलले देशका सबै स्थानीय तहलाई उछिनेको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : २८ बजे

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले