१५ भदौ २०८३, सोमबार | August 31, 2026

बागलुङमा चौतारी संरक्षण अभियान



बागलुङ । पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन् । परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो । सडक विस्तारका क्रममा मासिएका चौतारीलाई यहाँ संरक्षण गर्न थालिएको हो । मासिँदै आएका वरपीपल चौतारीले मौलिक सम्पदा गुमेको भन्दै चौतारी संरक्षण अभियान थालिएको छ ।

सडक विस्तारका क्रममा सार्वजनिक स्थलमा रहेका चौतारी र वरपीपल मासिन थालेपछि नयाँ चौतारी निर्माण गर्ने र भइरहेका चौतारीलाई मर्मतसम्भार गर्ने अभियान थालिएको छ । बागलुङ नगरपालिका–३ देउराली चोक नजिकैको हनुमानपौवाको चौतारी पुनःनिर्माण गरिएको छ ।

सडक विस्तार र पहिरोका कारण चौतारी भत्किएर बस्नै नमिल्ने भएपछि स्थानीय तीर्थप्रसाद श्रेष्ठको सहयोगमा चौतारी संरक्षण गर्न थालिएको बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनी केसीले जानकारी दिए ।

“हनुमान पौवामा पाँच वर्ष पहिलासम्म परम्परागत धारोमा पानी आउँथ्यो, चिटिक्क परेको चौतारी थियो तर सडक विस्तार र पहिरोका कारण जमिन भासिँदा सार्वजनिक शौचालयसहित चौतारो भत्किएको थियो”, वडाध्यक्ष केसीले भने, “बागलुङ बजारको प्रवेशद्वारमै चौतारो भत्किएको थियो, त्यसैले स्थानीय तीर्थ श्रेष्ठको आर्थिक सहयोगमा अहिले चौतारी, शौचालय र खानेपानीको काम भएको छ ।”

पछिल्लो समय बागलुङ बजारभित्र रहेका वरपीपल चौतारी मासिनेक्रम बढेकाले संरक्षण गर्न दाताको सहयोग पाएको वडाध्यक्ष केसीको भनाइ छ । हनुमानपौवामा सुन्धाराको जस्तै खानेपानीको धारा रहेकामा पछिल्ला वर्षमा संरक्षण अभावमा भत्किएकाले पुनःश्रेष्ठकै सहयोगमा खानेपानीको धारा पुनःनिर्माण गरिएको हो । बागलुङ नगरपालिका–१ रामरेखास्थित सहिद पार्कअघि हालै नयाँ चौतारी निर्माण गरिएको छ । वरपीपल चौतारी मासिने सन्दर्भमा यहाँ भने नयाँ चौतारी बन्नु सुखद रहेको पाइएको छ ।

यस्तै बागलुङ नगरपालिका–८ सिँगाना थापाथर नजिकै फागुन महिनामै श्रमदानबाट नयाँ चौतारी निर्माण गरिएको छ । घर नजिकै रहेको चौतारी पहिरोले पुरेपछि स्थानीयको पहलमा सडक छेउको घुम्तीमा चौतारी निर्माण गरिएको स्थानीय युवा राजीन खड्काले बताए । खड्काले गाउँमा युवा जुटेको समयमा श्रमदान गरेर सडक छेउमा चौतारी निर्माण गरेको बताए ।

“सार्वजनिक सम्पत्तिका रुपमा रहेका चौतारी मासिनेक्रम बढेकाले थापाथर जाने सडकको घुम्तीमा यहाँका युवाको सक्रियतामा चौतारी चिनिएको छ, आर्थिक सहयोग जुटाएर प्लास्टरसहित रङरोगन गरी चिटिक्क पार्ने हाम्रो योजना छ”, खड्काले भने “रोजगारीका लागि विभिन्न देशमा गएका युवा घर फर्केका समयमा श्रमदान गरेर बनाइएको चौतारीमा वरपीपल भने सार्न बाँकी छ ।” सडक विस्तारका क्रममा सयौँ वरपीपल चौतारी मासिएका सन्दर्भमा बागलुङमा चौतारी संरक्षण गर्न स्थानीय अग्रसर भएका हुन् ।रासस

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १२ : ०७ बजे

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ