१५ बैशाख २०८१, शनिबार | April 28, 2024

आजदेखि छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण



चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडा स्थानान्तरणको काम सुरुआत गरिँदै छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघिनै गैँडा स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आजदेखि गैँडा स्थानान्तरणको काम सुरु गरिँदै छ । निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनशक्ति परिचालन गरी गैँडा स्थानान्तरण गरिँदै छ ।

निकुञ्जले अहिले छवटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा आठ वर्षदेखि माथि र २० वर्षभन्दामुनिका गैँडालाई गरिने छ । निकुञ्जको मुख्यालबाट पश्चिक क्षेत्रको दिव्यपुरी पोष्टमा वन देवीको पूजा गरी गैँडा नियन्त्रणमा लिने काम सुरु गर्न लागिएको हो । गैँडा स्थानान्तरणका लागि दुई साता लाग्ने अनुमान गरिएको छ । उनले भने, “गैँडा स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” गैँडा स्थानान्तरणका लागि स्थानीय र मध्यवर्ती सामुदायिक वन व्यवस्थापन समितिसँग समन्वय गरिएको उनले बताए ।

गैँडा स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट श्याम शाहको नेतृत्वमा प्राविधिक टोलीसमेत निकुञ्ज आइसकेको छ । तिवारीका अनुसार विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएलका प्रतिनिधिको समेत स्थानान्तरणमा सहभागिता रहेको छ । निकुञ्जमा आइसकेका छन् । गैँडा निकुञ्जको पश्चिम क्षेत्र नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व० क्षेत्रको भित्री भागमाबाट पूर्ब ल्याईने छ । निकुञ्ज बाहिर बस्तिमा आएर दुःख दिएका गैँडालाई स्थानान्तरणमा प्राथमिकता दिइने छ । स्थानान्तरण गर्दा भाले पोथीको रेसियो मिलाइने उनले जानकारी दिए ।

विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा गठन गरेको टोलीले अध्ययन गरेको थियो । पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् । एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रमसमेत बढ्ने गर्दछ । घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व ल्याउन लागिएको हो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ७ : ५५ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म