१७ माघ २०८२, शनिबार | January 31, 2026

समृद्धि र स्थायित्वका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री महासेठ



बुटवल । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि मात्र अहिलेको सरकार बनेको बताएका छन् । उनले बढ्दो आर्थिक सङ्कट कम गर्न र देशलाई राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धन बनाउनुपरेको बताए ।

बुटवलमा आजदेखि सुरु भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६ औँ सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले नयाँ सरकारलाई काम गर्न चुनौती भएपनि सुशासन, समृद्धि र सेवा प्रदान गर्नका लागि स्पष्ट योजनाका साथ गठबन्धन बनेकाले सेवालाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने स्पष्ट पारे ।

उनले विगतमा बजेट निर्माणदेखि कार्यान्वयनमा भएका कमजोरीका कारण अहिले देशका अधिकांश ठूला आयोजना अलपत्र परेको बताए । “सुरु भएका ठूला योजना सबै अलपत्र छन्, न्यून बजेट राखिएपछि यस्तो भएको हो”, उनले भने, “अलपत्र र अधुरा आयोजनालाई छिटो निर्माण गराउने र सरकारको सेवालाई प्राथमिकता दिने सरकारको मुख्य जिम्मेवारी रहेको छ ।”

उपप्रधानमन्त्री महासेठले भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलसहितका ठूला आयोजना निर्माण भएर पूर्ण सञ्चालनका लागि सरकारले यथाशक्य छिटो सञ्चालन र पूर्ण निर्माणको योजनाका साथ अघि बढ्ने बताए ।

देशले निकै धेरै आर्थिक सङ्कटको सामना गर्नुपरेको अवस्थामा त्यसलाई ट्रयाकमा ल्याउन र जनतामा बढेको निराशालाई कम गर्ने सरकारको अहिलेको सरकारको मुख्य जिम्मेवारी भएको बताउँदै उनले सरकारले अघि सारेको समृद्धिको एकल सरोकारलाई निजी क्षेत्र र सामाजिक सङ्घसंस्थाले साथ दिन आग्रह गरे ।

सम्मेलनमा नेपाल र भुटानका दुई हजार रोटरियनहरु बुटवलमा जम्मा भएको सम्मेलन आयोजक समितिका संयोजक एजाज आलमले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : ३१ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक