६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

जनताले अनुभूति गर्नेगरी काम हुनेछ : उपप्रधानमन्त्री महासेठ



नेपालगन्ज । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनताले अनुभूति गर्नेगरी काम गरिने बताएका छन् । नेपालगञ्जमा आज आयोजित मन्त्रालय मातहतका विभिन्न कार्यालयको वार्षिक गोष्ठीमा उनले तोकिएको समयमा काम सम्पन्न गर्ने र निर्माण कार्यमा अटेर गर्ने निर्माण कम्पनीसँगको ठेक्का तोड्न निर्देशन दिए ।

कानुनविपरीतको कामलाई जोसुकैबाट प्रस्ताव आए पनि अस्वीकार गर्न आग्रह गर्दै उपप्रधानमन्त्री महासेठले विभिन्न आयोजनामा भइरहेका ढिलासुस्तीप्रति सरकार गम्भीर रहेको र अब त्यस्तो ढिलासुस्ती नहुने बताए ।

“सरकारले आर्थिक विकासलाई प्राथमिकतामा राखेकाले निर्माण कार्यमा ढिलाइ नहोस् भन्ने चाहेको छ”, उपप्रधानमन्त्री महासेठले भने, “आर्थिक विकास र समृद्धिका लागि केही व्यक्ति धनी हुँदैमा देशको समग्र विकास हुँदैन । त्यसैले आर्थिक विकासमा सबैको योगदान आवश्यक छ ।”

लुम्बिनीको प्यूठान, दाङ, बाँके र कर्णाली तथा सुदूरपश्चिम प्रदेशस्थित मन्त्रालय मातहतका विभिन्न आयोजना र कार्यालयका प्रमुखको सहभागिता रहेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री महासेठले निर्धक्कसँग काम गर्न कर्मचारीलाई आग्रह गरे ।

कार्यक्रममा सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सडक मर्मतसम्भारको बजेटको योजना तयारी र हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

यसैबीच उपप्रधानमन्त्री महासेठसँग बाँकेमा अधेरै रहेका सडकको निर्माण थाल्न नेकपा (एमाले) बाँकेले माग गरेको छ । बाँकेको खजुरामा करिब दुई किलोमिटर लामो चार लेन सडक ६ वर्षमा पनि निर्माण पूरा नभएको र परस्पुर–गौघाट सडकखण्डको समयावधि सम्पन्न हुने अवस्थामा निर्माणको काम सुस्त रहेकाले उपप्रधानमन्त्री महासेठको ध्यानाकर्षण गराएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १० : ०४ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा