१४ पुस २०८२, सोमबार | December 29, 2025

ग्रील व्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त



काठमाडौ । ग्रील व्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

ग्रील व्यवसायमा पछिल्लो समय व्यवासयजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी नहुदा दुर्घटनाहरु बढेको व्यवसायीहरुले बताए ।

ग्रील तथा स्टील व्यवसाय सघ काठमाडौ कमलपोखरी इकाइ समिति र स्वास्थ्य कार्यालय काठमाडौले सयुक्त रुपमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी एक दिवसीय अभिमुखिकरण तालिममा उनीहरुले सुरक्षा र स्वास्थ्य सम्वन्धी जानकारी दिनुपर्ने खाँंचो औंल्याए ।

नेपाल घरेलु तथा साना उध्योग महासघका उपाध्यक्ष एवं ग्रील तथा स्टील व्यवसाय महासघका पूर्व केन्द्रिय अध्यक्ष मोहन कटुवालले ग्रील व्यवासयअन्य ब्यवसायभन्दा बढी जोखिम भएको बताए । यसकारण यस्ता तालिम प्रदान गरी दुर्घटना न्युनीकरणमा मद्धत पुग्ने बताए ।

स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख अर्जुन सापकोटाले ग्रील ब्यवसायलाई ब्यवस्थित गरी उत्पादकत्व बढाउन र जोखिम घटाउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनहरुमा पनि ग्रील ब्यवसाय क्षेत्रमा स्वास्थ शिबिर र अभिमुखीकरण तालिम आयोजना गर्ने उनले बताए ।

आयोजक महासघका उपाध्यक्ष समसुदिन शेखले बाताबरणमैत्री उद्योग सन्चालन गर्न यो तालिमले सहयोग पुग्ने बताए । कमलपोखरी इकाइ समितिका अध्यक्ष महेश ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौ जिल्लाका प्रथम उपाध्यक्ष राजुलाल श्रेष्ठ, पूर्व क्षेत्रीय अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, पश्चिम क्षेत्रीय अध्यक्ष शैलेश ठकुरीलगायतले तालिम ग्रील ब्यवसायिको लागि अति नै उपयोगी रहेकोले यसलाई निरंतरता दिन आग्रह गरे । काठमाडौ जिल्लाभित्र रहेका जिल्ला, क्षेत्र र १४ वटै इकाइ समितिका अध्यक्ष तथा पदाधिकरी सदस्य, ग्रील ब्यवसायी र श्रमिकको तालिममा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : २९ बजे

समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले

राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न

युवाहरुलाई प्रचण्डको आग्रह – शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा या राष्ट्रीय सभामा

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची