१९ माघ २०८२, सोमबार | February 3, 2026

बाँके प्रहरीबाट ५ लाख बढीको अबैध ब्रोईलर कुखुराको चल्ला बरामद



नेपालगन्ज । बाँके प्रहरीले बाँकेका बिभिन्न स्थानबाट अबैधरुपमा भारतबाट नेपाल भित्रिएको ठुलो परिमाणको कुखुराको चल्ला बरामद गरेको छ । जिल्लाको नेपालगन्ज उपमहानगरको बिभिन्न स्थानबाट प्रहरीले ५ लाख बढी मूल्य बराबरको अबैध चल्ला बरामद गरेको हो ।

अबैध रुपमा कुखुराको चल्ला भित्रिएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नेपालगन्ज २० राझाँ, नेपालगन्ज १८ भुजई गाँउ र डुडुवा ६ हिरमिनियाबाट भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरि नेपाल भित्राइएको ५९ पेटी (५९००गोटा) ब्रोईलर कुखुराको चल्ला बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद भएको चल्लाको अन्दाजी मुल्य ५ लाख ९० हजार र ढुवानीमा संलग्न अटोको अन्दाजी मुल्य ६ लाख ५० हजार सहित १२ लाख ४० हजार बराबरको अबैध कुखुराको चल्ला ढुवानीमा संलग्न अटो र मानिस सहित आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज पठाइएको छ ।

साथै प्रहरीले आजै नेपालगन्ज १८ कारकाँदोबाट अबैध रुपमा भारतबाट ल्याएको माछा ८ बरामद गरी आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाएको पनि जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ४ : ५३ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली