१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बाँके प्रहरीबाट ५ लाख बढीको अबैध ब्रोईलर कुखुराको चल्ला बरामद



नेपालगन्ज । बाँके प्रहरीले बाँकेका बिभिन्न स्थानबाट अबैधरुपमा भारतबाट नेपाल भित्रिएको ठुलो परिमाणको कुखुराको चल्ला बरामद गरेको छ । जिल्लाको नेपालगन्ज उपमहानगरको बिभिन्न स्थानबाट प्रहरीले ५ लाख बढी मूल्य बराबरको अबैध चल्ला बरामद गरेको हो ।

अबैध रुपमा कुखुराको चल्ला भित्रिएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नेपालगन्ज २० राझाँ, नेपालगन्ज १८ भुजई गाँउ र डुडुवा ६ हिरमिनियाबाट भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरि नेपाल भित्राइएको ५९ पेटी (५९००गोटा) ब्रोईलर कुखुराको चल्ला बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद भएको चल्लाको अन्दाजी मुल्य ५ लाख ९० हजार र ढुवानीमा संलग्न अटोको अन्दाजी मुल्य ६ लाख ५० हजार सहित १२ लाख ४० हजार बराबरको अबैध कुखुराको चल्ला ढुवानीमा संलग्न अटो र मानिस सहित आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज पठाइएको छ ।

साथै प्रहरीले आजै नेपालगन्ज १८ कारकाँदोबाट अबैध रुपमा भारतबाट ल्याएको माछा ८ बरामद गरी आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाएको पनि जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ४ : ५३ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा