६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

लुम्बिनीमा एकसाथ ५ हजार १ जनाको उपस्थितिमा विराट चक्रविज्ञान तथा ध्यान कार्यक्रम हुँदै



बुटवल । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा एकसाथ ५ हजार १ जनाको उपस्थितिमा विराट चक्रविज्ञान तथा ध्यान हुने भएको छ । लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यानकक्षमा नेपालसहित विभिन्न १५ मुलुकका नागरिकहरुको उपस्थितीमा ७ दिनसम्म विभिन्न ७ वटा उर्जा ध्यानसहितको प्रयोगात्मक कक्षा सञ्चालन हुने भएको हो ।

जीव विज्ञान परिषदको आयोजनामा यही चैत्र १७ गतेदेखि २३ गतेसम्म हुने विराट चक्र विज्ञानको लागि तयारीलाई तीब्र पारिएको छ । विश्वमै पहिलो पटक यति ठूलो संख्यामा ध्यानको कार्यक्रम आयोजना गर्न लागिएको बताउँदै जीव विज्ञान परिषद लुम्बिनीका संयोजक केशव खनालले यस कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता गरिने उल्लेख गरे । यस प्रकारको कार्यक्रम यसअघि अस्ट्रेलियमा आयोजना हुँदा १४७१ जना उपस्थित भई ३ दिनसम्म मात्रै आयेजना भएको उल्लेख गर्दै उनले यो नै पहिलो र ठूलो कार्यक्रम हुने दाबी गरे । कार्यक्रममा देशका विभिन्न सरकारी निकायका प्रतिनिधि तथा अनुयायीहरुलाई निमन्त्रणा गरिएको उनले जानकारी दिए ।

भगवान गौतम बुद्धको ‘अप्प दिपो भव’ अर्थात तिमी आफ्नो प्रकाश आफै बन भन्ने स्व-जागरणको उपदेशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए । व्यक्ति भित्र नैशर्गिाक रुपमा रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञान, संकल्प र आनन्दको अद्भुत क्षमता तथा सम्भावनालाई उजागर गरी सुखी, शान्त र समृद्ध राष्ट्रको आधार तयार पार्न यसले सहयोग गर्ने दाबी गरे । कार्यक्रमबाट विश्व सान्तीका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल र उनले दिएका ध्यानको शिक्षालाई सामूहिक रुपमा विश्वमाझ फैल्याएर नेपाललाई एक उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुग्ने दाबी गरिएको छ ।

कार्यक्रमबारे जानकारी गराउन आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिषदका सूचना तथा सञ्चार विभाग परिषद अध्यक्ष दुर्गाबहादुर क्षेत्रीले आफ्नो क्षमताको बिकास गर्न चाहने उद्योगी, व्यवसायी, व्यापारी, निजी क्षेत्रका कर्मचारी, साष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी तथा राजनीतिक कर्मी लगायत समग्रह क्षेत्रका व्यक्तिहरुलाई आमन्त्रण गरिएको बताए । कार्यक्रममा सहभागी हुनका लागि रेजिष्ट्रेशनको काम जारी रहेको बताउँदै उनले व्यवस्थापन खर्च स्वरुप उनीहरुबाट प्रतिव्यक्ति १० हजार शुल्न उठाइएको जानकारी गराए । उक्त शुल्कबाट एक सातामा सम्म ज्ञानमा सहभागीहरुलाई भोजन तथा हलमा कार्पेटिङ, साउण्ड तथा डिजिटल डिसप्ले लगायतको व्यवस्थापनमा खर्च गरिने उल्लेख गरे । परिषदका शिक्षा बिकास संयोजक हरी पोखरेलका अनुसार ज्ञानमा सहभागीहरुलाई दैनिक ३ छाक भोजनको व्यवस्था आयोजकले गर्ने भए पनि आवासका लागि सहभागी स्वयम्ले नै व्यवस्था गर्नुपर्ने छ ।

लुम्बिनीमा आयोजना गरिएको यस कार्यक्रमले यस क्षेत्रको पर्यटन बिकास तथा आर्थिक बिकासमा समेत टेवा पुग्ने आयोजकले बताएको छ । विराट चक्रविज्ञानमा सहभागी हुने व्यक्तिको आवासका लागि लुम्बिनी, भैरहवा तथा बुटवलसम्मका होटल तथा गेष्टहाउसहरुमा व्यवस्था मिलाइने बताइएको छ । यसैगरी लुम्बिनीदेखि बुटवल तथा भैरहवासम्म आउनका लागि अयाजकले नै निशुल्क आयायातको व्यवस्था गर्ने परिषदकी नवलपरासी संयोजक इन्दिरा विश्वकर्माले जानकारी दिइन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ११ : ४२ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस