२ पुस २०८२, बुधबार | December 17, 2025

एकीकृत समाजवादीले वामपन्थी शक्तिबीच एकीकरणलाई महत्व दिने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ । पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्व दिएको हो ।

वामपन्थी दलसँगको कार्यगत एकतालाई प्राथमिकतामा राखेर दस्तावेज परिमार्जन गर्न लागेको पार्टीले वाम ध्रुवीकरणबाट विकास भएको नयाँ समीकरणलाई सहज र सकारात्मक प्रभाव पार्ने विषयवस्तुलाई दस्तावेजमा समावेश गर्ने उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि निर्माणाधीन दस्तावेजलाई थप अध्ययन गर्ने समय निर्धारण गरेको समितिले समान विचार तथा दृष्टिकोण भएका कम्युनिष्ट शक्तिसँग एकताका लागि अपुग भएका केही वस्तु थप्ने समझदारी भएको छ ।

यही चैत ६ गते दस्तावेज मस्यौदा लेखन समितिको बैठकमा समाजवादी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावको वस्तुगत विश्लेषण गरिने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए । उनका अनुसार राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनमाथि सुक्ष्म छलफल गरी दस्तावेज मस्यौदा लेखनलाई पूर्णता दिइने छ ।

पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमबारे समेत दस्तावेज उल्लेख गरिएको खतिवडाले बताए ।

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक प्रतिवेदन, नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले सङ्गठनात्मक प्रस्ताव तयारीका लागि नेताहरूसँग छलफल तथा परामर्श गरेका छन् । सबै पक्षलाई समेटेर तयार गरिने प्रतिवेदन एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १२ : ०४ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा