२ पुस २०८२, बुधबार | December 17, 2025

दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतको अनुमति



बुटवल । सहकारी अपचलनको मुद्दामा रुपन्देही झिकाइएका पूर्व राष्ट्रपति नन्दबहादुर पुन पुत्र दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार आइतबार रुपन्देही जिल्ला अदालतले दीपेशलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो ।

प्रहरी प्रधान कार्यालयको विशेष टोलीले शुक्रबार साँझ काठमाडौँमा पक्राउ गरेको पुन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत हुन्। पक्राउ परे लगत्तै उनलाई प्रहरीले शुक्रबार राति नै बुटवल ल्याएको थियो । दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा हुन् । इलाका प्रहरी कार्यालय बुटवलले झन्डै एक महिनादेखि सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गरिरहेको छ ।

प्रहरील यसअघि नै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईं पक्राउ गरि अनुसन्धान गरिरहेको छ । उनीहरुको बयानका आधारमा पुनलाई पक्राउ गरिएको बुटवल प्रहरी प्रमुख पण्डितले बताए ।

सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार रुपैयाँ संकलन गरेकामा ७८ करोड ५० लाख रुपैयाँ पदाधिकारीले नै अपचलन गरेको बचतकर्ताको उजुरी छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : ३१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल