१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अमिर खानले भने, ‘म, शाहरूख र सलमान सँगै फिल्म खेल्न इच्छुक छौं तर राम्रो स्क्रिप्टको खोजीमा छौं’



मुम्बइ । आमिर खानले हालै आफ्नो ५९ औं जन्मदिन मनाएका छन् । यस क्रममा उनले इन्स्टाग्राम लाइभ सेसन मार्फत फ्यानहरूसँग अन्तर्क्रिया गरेका थिए । सोही क्रममा एक फ्यानले शाहरुख र सलमान खानसँग काम गर्ने विषयमा उनलाइ प्रश्न गरेका थिए । जसको जवाफमा आमिरले तीनै जना सँगै फिल्म गर्न तयार रहेको बताए ।

आमिरले भने कि तीनै जनाले यस विषयमा कुरा गरेका छन् । तीनैजनाले फ्यानका लागि सँगै फिल्म बनाउनुपर्छ भन्ने लाग्छ । यसबारे आमिरले थप भने, ‘मलाई पनि लाग्छ कि हामी तीनैजनाले फिल्ममा सँगै काम गर्नुपर्छ । म, सलमान र शाहरुखले हाम्रो करियरमा हामी तीनैजनाले पक्कै पनि सँगै फिल्म गर्ने प्रयास गर्नुपर्छ भन्ने कुरा गरेका छौं । यद्यपि अब के हुन्छ हेरौं। मलाई आशा छ कि जब हामीले राम्रो कथा पाउँछौं, हामी पक्कै पनि सँगै देख्नेछौं ।’

उनले अगाडी भने, ‘मलाई लाग्छ हामी तीनैजना एक अर्कासँग काम गर्न निकै उत्सुक छौं । यो अब धेरै समय भएको छ, तर हामीलाई निश्चित रूपमा यसको लागि सही समय चाहिन्छ ।’

आमिर, शाहरुख र सलमान ३० वर्षदेखि फिल्मको हिस्सा बनेका छन् । मुख्य भूमिका होइन तर सबैले एकअर्काको फिल्ममा क्यामियो गरेका छन् । यसै क्रममा आमिर र सलमानले फिल्म  ‘अंदाज अपना अपना’ मा सँगै काम गरेका छन् । तर शाहरुख र आमिरले कुनै पनि फिल्ममा सँगै मुख्य भूमिका खेलेका छैनन् । शाहरुखले आमिरको फिल्म लाल सिंह चड्ढामा भने केमियो गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : ३६ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी