१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अमिर खानले भने, ‘म, शाहरूख र सलमान सँगै फिल्म खेल्न इच्छुक छौं तर राम्रो स्क्रिप्टको खोजीमा छौं’



मुम्बइ । आमिर खानले हालै आफ्नो ५९ औं जन्मदिन मनाएका छन् । यस क्रममा उनले इन्स्टाग्राम लाइभ सेसन मार्फत फ्यानहरूसँग अन्तर्क्रिया गरेका थिए । सोही क्रममा एक फ्यानले शाहरुख र सलमान खानसँग काम गर्ने विषयमा उनलाइ प्रश्न गरेका थिए । जसको जवाफमा आमिरले तीनै जना सँगै फिल्म गर्न तयार रहेको बताए ।

आमिरले भने कि तीनै जनाले यस विषयमा कुरा गरेका छन् । तीनैजनाले फ्यानका लागि सँगै फिल्म बनाउनुपर्छ भन्ने लाग्छ । यसबारे आमिरले थप भने, ‘मलाई पनि लाग्छ कि हामी तीनैजनाले फिल्ममा सँगै काम गर्नुपर्छ । म, सलमान र शाहरुखले हाम्रो करियरमा हामी तीनैजनाले पक्कै पनि सँगै फिल्म गर्ने प्रयास गर्नुपर्छ भन्ने कुरा गरेका छौं । यद्यपि अब के हुन्छ हेरौं। मलाई आशा छ कि जब हामीले राम्रो कथा पाउँछौं, हामी पक्कै पनि सँगै देख्नेछौं ।’

उनले अगाडी भने, ‘मलाई लाग्छ हामी तीनैजना एक अर्कासँग काम गर्न निकै उत्सुक छौं । यो अब धेरै समय भएको छ, तर हामीलाई निश्चित रूपमा यसको लागि सही समय चाहिन्छ ।’

आमिर, शाहरुख र सलमान ३० वर्षदेखि फिल्मको हिस्सा बनेका छन् । मुख्य भूमिका होइन तर सबैले एकअर्काको फिल्ममा क्यामियो गरेका छन् । यसै क्रममा आमिर र सलमानले फिल्म  ‘अंदाज अपना अपना’ मा सँगै काम गरेका छन् । तर शाहरुख र आमिरले कुनै पनि फिल्ममा सँगै मुख्य भूमिका खेलेका छैनन् । शाहरुखले आमिरको फिल्म लाल सिंह चड्ढामा भने केमियो गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : ३६ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा