२० मंसिर २०८२, शनिबार | December 6, 2025

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ



बुटवल । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महारा पक्राउ परेका छन् ।

विद्युृतीय चुरोट भेपमार्फत सुन तस्करीको अभियोग लागेका महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । महरालाई भैरहवाबाट काठमाडौं लैजाने तयारी गरिएको प्रहरी स्रोतले बताएको छ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । महारासँग आयोगले यसअघि बयान समेत लिएको थियो ।

गृहमन्त्री रवि लामिछानेले आयोगको प्रतिवेदन बुझेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सो प्रतिवेदन बुझाएका थिए । प्रधानमन्त्री प्रचण्डले आयोगको सिफारिसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए । सोहीअनुसार गृहमन्त्री लामिछानेले आइतबार  प्रहरीको उच्च नेतृत्वलाई महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

यही अभियोगमा महराका कान्छा छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : ३५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति