८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

राष्ट्रपति पौडेलद्वारा स्वयम्भू महाचैत्यको पूजा सम्पन्न



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र-गजुरको प्राण प्रतिष्ठा गरेका छन । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आज आयोजित कार्यक्रममा धार्मिक परम्पराअनुसार राष्ट्रपति पौडेलले चैत्यको पूजा गरेका हुन ।

सो अवसरमा राष्ट्रपति पौडेललाई महासमितिका पदाधिकारी र कर्मचारीले स्वागत गरेका थिए ।

विसं २०७९ फागुन ३० गते हावाहुरीले चैत्यमा क्षति पुगेको थियो । काठमाडौं महानगरपालिका-१५ मा पर्ने उक्त स्थल विश्वसम्पदा सूचीमा सूचीकृत छ । करिब रु ५० लाखको लागतमा त्यसको जीर्णोद्वार सम्पन्न गरिएको हो । पुरातत्व विभाग र महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थानको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेपछि महासमितिले जीर्णोद्धार सम्पन्न गरेको चैत्य करिब एक सय छ मिटर अग्लो छ ।

अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले त्यस क्षेत्रको संरक्षणमा गरेका गतिविधिबारे जानकारी गराए । सो अवसरमा राष्ट्रपति पौडेलले महासमिति अध्यक्ष भिक्षु धर्ममूर्ति, महासचिव अशोक बज्राचार्य लगायतलाई सम्मान गरेका थिए ।

विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने गरेको महासमितिका प्रशासकीय अधिकृत दिपेन्द्र वैद्यले जानकारी दिए । यहाँ स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने गर्दछन् । यस आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि केही वर्षअघि जीर्णोद्धार सम्पन्न गरिएको थियो ।

संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास रहेको महासमितिका इञ्जिनियर राजेश सुवालले जानकारी दिए । विश्वशान्ति तथा मानवकल्याणको उद्देश्यले विभिन्न धार्मिक गतिविधि हुने गरेको बताइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : ४४ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा