२३ भदौ २०८३, मंगलबार | September 8, 2026

रूरू गाउँपालिकामा रगत नि:शुल्क, रक्तसंचार सेवा केन्द्र बुटवलसंग सम्झौतापत्रमा हस्ताक्षर



बुटवल । रुरु गाउँपालिकाका बासिन्दाले निशुल्क रगत पाउने भएका छन् । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बुटवल र रुरु क्षेत्र गाउपालिका बिच निशुल्क रगत उपलब्ध गर्ने गरि सोमबार बुटवलमा सम्झौता भए संगै त्यहाँका बासिन्दाले निशुल्क रगत पाउने भएका हुन ।

रुरु क्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवाली र स्वास्थ्य शाखा अधिकृत छत्र बहादुर अधिकारी र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपाने, सदस्य सचिव राधा ज्ञवालीका बिचमा सम्झौता पत्रमा हस्तान्तरण भएको छ ।

रुरु क्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवालीले रुरुका बासिन्दाहरुका लागि बुटवल सवैभन्दा पायक पर्ने भएकाले निशुल्क रगतका लागि रक्त सञ्चारकेन्द्र संग सम्झौता गरेको बताए ।

‘त्यहाँबाट उपचारका लागि आउने कि पाल्पाको मिसन र प्रभासमा जानुहुन्छ तर धेरै बुटवलमै आउनेभएकाले यहाँ सम्झौता गरिएको हो’ उनले भने ।

उनले निशुल्क रगत सम्झौता पछि धेरै जनाले लाभ लिने बताए ।

रुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपानेले निरन्तर रगतको अभाव आउने गरेको बताए । ३५ हजार युनिट वितरण गरेको भन्दै उनले यो प्रत्येक वर्ष रगतको माग बढ्दो रहेको बताए ।

पालिकाको परिचयपत्रको आधारमा निशुल्क रगत उपलब्ध गराउदै आएको उनले बताए । रगत ब्यवस्थापन चुनौतीको विषय भएको उनले बताए । यता लुम्बिनी प्रदेश सरकारले प्रदेशबासीलाई निशुल्क रगत घोषणा गरेको छ जसले गर्दा सरकारी अस्पतालमा सेवा लिने विरामीहरुलाई सहज भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : १५ बजे

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज