१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

५० वर्षपछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक



काठमाडौं । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ ।

यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र दिनमा अँध्यारो हुनेछ । ग्रहण हुनुभन्दा एक दिन अगाडि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आउनेछ र दुई बीचको दूरी मात्र ३ लाख ६० हजार किलोमिटर हुनेछ । ग्रहणको दिन सूर्यबाट पृथ्वी र चन्द्रमाको औसत दूरी करिब १५ करोड किलोमिटर हुनेछ ।

जसका कारण कुल सूर्यग्रहण करिब ७.५ मिनेटसम्म रहनेछ । यो आफैमा दुर्लभ घटना हो । यसअघि सन् १९७३ मा अफ्रिकी महादेशमा यस्तो लामो सूर्यग्रहण देखिएको थियो ।

पूर्ण सूर्यग्रहण दक्षिणी प्रशान्त महासागरबाट सुरु हुनेछ। यो उत्तरी अमेरिका र मेक्सिको हुँदै क्यानाडा पुग्नेछ । कोस्टारिका, क्युबा, डोमिनिका, फ्रेन्च पोलिनेसिया र जमैका जस्ता देशहरूमा पनि आंशिक रूपमा देखिनेछ । यो सूर्यग्रहण नेपालमा भने देखिने छैन किनभने त्यो बेला यहाँ रात हुनेछ ।

सन् २०२४ मा कुल दुईवटा सूर्यग्रहण हुनेछन् । दोस्रो सूर्यग्रहण अक्टोबर २ मा लाग्नेछ । यो एक एन्युलर सूर्यग्रहण हुनेछ, जसमा रिंग अफ फायर पनि देखिनेछ । यो सूर्यग्रहण अर्जेन्टिना र चिली जस्ता दक्षिण अमेरिकी देशमा देखिने छ । यो आंशिक रूपमा दक्षिण अमेरिका, अन्टार्कटिका र प्रशान्त महासागरमा  देखिनेछ । यहाँ रात हुने भएकाले नेपालमा सूर्यग्रहण देखिने छैन ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउने अवस्थालाई सूर्यग्रहण भनिन्छ । यस कारणले सूर्यको छवि केही समयको लागि चन्द्रमाको पछाडि ढाकिएको छ, यसलाई सूर्यग्रहण भनिन्छ । यसका साथै २५ मार्च र १८ सेप्टेम्बरमा भने चन्द्रग्रहण देखिनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ८ : ५२ बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत