७ भदौ २०८३, आइतबार | August 23, 2026

नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले गरिन् क्रिकेटबाट सन्यासको घोषणा



काठमाडौं । नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन् । उनले सोमबार सामाजिक संजालमार्फत क्रिकेटको राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेकी हुन् ।

‘खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु। म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो। मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन,’उनले लेखेकी छन् ।

नेरी थापाको कप्तानीमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेको थियो । सन् २००७ को एसीसी महिला च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन्। नेरीको कप्तानीमा नेपाली यु-१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु-१९ महिला च्याम्पियनसिपको उपाधि समेत जितेको थियो।

उनी नेपाली महिला घरेलु क्रिकेट इतिहासकै पहिलो शतक बनाउने पहिलो खेलाडी हुन्। २०७० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालगन्जको (तत्कालिन क्षेत्र नम्बर ५) लागि खेल्दै काठमाडौँ बिरुद्ध १२१ रन बनाउदै किर्तिमान कायम गरेकी थिइन् ।

यस्तो छ नेरीको किर्तिमानी सृङ्खला :

नेरीकै कप्तानीमा देशले दुईवटा अन्तर्राष्ट्रिय उपाधि (नेपाली यु-१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु-१९ महिला च्याम्पियनसिप) जितेको थियो भने दुई पटक उपविजेता बनेको थियो । सोही योगदानका कारण उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन पटक ‘उमन्स अफ दी सिरिज’ समेत प्राप्त गरेकी थिइन् ।
✓ एसीसी महिला च्याम्पियनसिप २००७ को उत्कृष्ट बलर
✓ उत्कृष्ट महिला उदयमान खेलाडी अवार्ड : २००८ एसियन क्रिकेट काउन्सिल
✓ एसीसी महिला टि-२० च्याम्पियनसिप २००९ : सर्वाधिक विकेटकर्ता
✓ २०१० एसीसी यु-१९ : उत्कृष्ट ब्याट्सउमन : प्रतियोगितामा ३८.२० को औसत र १०१.४६ को स्ट्राइक रेटमा १ सय ९१ रन बनाउँदै नेरी उत्कृष्ट ब्याट्सउमन बनेकी थिइन्।
✓ अन्तर्राष्ट्रिय क्रिकेटमा छक्का प्रहार गर्ने पहिलो खेलाडी : सन् २०१० मा सिंगापुरमा भएको एसिसी यु–१९ वुमन्स च्याम्पियनसिपमा नेरीले हङकङविरुद्ध छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा छक्का प्रहार गर्ने पहिलो खेलाडी बनिन् ।
✓ नेपाली महिला घरेलु क्रिकेट इतिहासकै शतक बनाउने पहिलो खेलाडी : २०७० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा काठमाडौँ बिरुद्ध १२१ रन बनाउदै किर्तिमान कायम ।
✓ नेपालको लागि दोश्रो र विश्वकै चौथो सबैभन्दा उत्कृष्ट बलिंग स्पेलको रेकर्ड : २०१९ आईसीसी टि(२० विश्वकप छनौट ९ एसिया ० प्रतियोगितामा हंगकंग बिरुद्ध नेरीले एकै खेलमा ६ विकेट लिंदै नेपालको लागि एकै इनिंगमा सर्वाधिक विकेटको रेकर्ड आफ्नो नाम गरेकी थिईन् । त्यस क्रममा नेरीले ४ ओभरमा ८ रन खर्चेकी थिईन् । त्यो स्पेलसंगै टि-२० अन्तर्राष्ट्रियमा ५ विकेट लिने नेपालकै पहिलो क्रिकेटर समेत बनेकी थिईन् ।
✓ टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने नेपाली महिला बलर : टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा ११ खेलमा देब्रे हाते बलर नेरीले १७ विकेट आफ्नो नाममा गरेकी छिन् ।
✓ टि-२० अन्तर्राष्ट्रियको एकै प्रतियोगितामा सर्वाधिक विकेटको रेकर्ड : नेरीले २०१९ आईसीसी विश्व कप छनौट (एसिया) प्रतियोगितामा ६ खेलमा १३ विकेट लिंदै उक्त किर्तिमान आफ्नो नाम गरेकी थिईन्।
✓ नेरी कै कप्तानीमा लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता २०७७ उपाधि बाँके महिला क्रिकेट खेलाडीले जितेको थियो । फाइनलमा रुपन्देहीलाई हराउँदा नेरी वुमन अफ द म्याच , बेष्ट ब्याट्सवुमनका साथै प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै वुमन अफ द सिरिज पनि बनेकी थिइन् ।
✓ २०७९ मा पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा विभागीय टिम एपीएफ क्लबबाट खेल्दा प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द सिरिज बनेकी थिइन् । नेरीले प्रतियोगितामा ६ खेलमा एघार विकेट लिएकी थिईन् भने उनको टिमले रजत पदक जित्न सफल भएको थियो
स्रोतः नेपालगन्ज ग्यालरी

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १० : २९ बजे

मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किँदै प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौंका लागि फर्किएका छन् ।

सुनको मुल्य बढ्यो, चाँदीको घटयो

काठमाडौं।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल

चिनिया रोबोटले तोड्यो उसेन बोल्टको १०० मिटरको विश्व कीर्तिमान

बेइजिङ । चीनको राजधानी बेइजिङमा दोस्रो विश्व मानवोइड रोबोट खेलकुद

भरतपुरमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

काठमाडौं । दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय