८ भदौ २०८३, सोमबार | August 24, 2026

काठमाडौंमा तीन दिन संस्कृत सम्मेलन हुने



काठमाडौं। काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ ।

आगामी चैत १४ देखि १६ गतेसम्म सो सम्मेलन हुनेछ । सम्मेलन बुढानिलकण्ठमा हुनेछ ।

नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल र भारतका संस्कृतका विज्ञ, जानकारहरू उपस्थिति रहने छ ।

नेपाल र भारतको विकासमा संस्कृतको योगदान, दुवै देशका सांस्कृतिक, आध्यात्मिक र बौद्दिक बिकासको बिशिष्ट अध्ययन गरिने संयोजक प्रेमराज न्यौपानेले जानकारी दिएका छन् । ‘नेपाल र भारतका संस्कृतका बिद्दानहरूले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन भने संस्कृत भाषाको उत्थान र प्रचारमा र सो भाषाको बैज्ञानिक पक्षका बारेमा जानकारी दिने कार्य गरिनेछ’,  न्यौपानेले भने ।

नीति प्रतिष्ठान नेपाल, केन्द्रीय संस्कृत विश्वविधालय, नयाँदिल्ली र इन्डिया फाउन्डेसनसहित तीन संस्थाको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

यसअघि नेपालमा २०२४ सालमा, २०५१ साल, २०७५ र २०७६ सालमा यस्ता सम्मेलन भइसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ५ : ५६ बजे

बाँकेमा थपिए एचआइभीका नयाँ संक्रमित

नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्जमा एचआइभीका नयाँ रोगी फेला परेका

कर्णाली मन्त्री छनौटमा नेकपा भित्र विवाद हुँदा शपथ स्थगित

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तीन जना मन्त्रीलाई

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार