६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

काठमाडौंमा तीन दिन संस्कृत सम्मेलन हुने



काठमाडौं। काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ ।

आगामी चैत १४ देखि १६ गतेसम्म सो सम्मेलन हुनेछ । सम्मेलन बुढानिलकण्ठमा हुनेछ ।

नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल र भारतका संस्कृतका विज्ञ, जानकारहरू उपस्थिति रहने छ ।

नेपाल र भारतको विकासमा संस्कृतको योगदान, दुवै देशका सांस्कृतिक, आध्यात्मिक र बौद्दिक बिकासको बिशिष्ट अध्ययन गरिने संयोजक प्रेमराज न्यौपानेले जानकारी दिएका छन् । ‘नेपाल र भारतका संस्कृतका बिद्दानहरूले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन भने संस्कृत भाषाको उत्थान र प्रचारमा र सो भाषाको बैज्ञानिक पक्षका बारेमा जानकारी दिने कार्य गरिनेछ’,  न्यौपानेले भने ।

नीति प्रतिष्ठान नेपाल, केन्द्रीय संस्कृत विश्वविधालय, नयाँदिल्ली र इन्डिया फाउन्डेसनसहित तीन संस्थाको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

यसअघि नेपालमा २०२४ सालमा, २०५१ साल, २०७५ र २०७६ सालमा यस्ता सम्मेलन भइसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ५ : ५६ बजे

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन