१३ पुस २०८२, आइतबार | December 28, 2025

बाघको आक्रमणबाट निजगढमा एकजना घाइते



बारा। पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट मंगलबार निजगढ नगरपालिका एकजना घाइते भएका छन् । बाघको आक्रमणबाट मंगलबार दिउसो निजगढ नगरपालिका-११ रतनपुरकी ४० वर्षीया दिल कुमारी पुलामी मगर घाइते भएकी हुन् ।

निजगढ नगरपालिका-११ स्थित तपोभूमि सामुदायिक वनमा चौपाया चराउन गएकी मगरलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते दिलकुमारीले बताइन् ।

बाघको आक्रमणबाट जंगलमा लडेकी उनलाई सँगै चौपाया चराउन गएका भोगबहादुर मुक्तान र अर्का साथीले बचाउन सफल भए । तर, तीनवटा बाख्रा भने बाघले मारेको छ ।

बाघको आक्रमणमा परीकी मगरको छाती र पिठ्युँमा पन्जाको दाग छ । उनको पिठ्युँमा टाका समेत लगाइएको छ भने अवस्था सामान्य रहेको निजगढ नगरपालिका-९ स्थित निजगढ सामुदायिक अस्पतालका डाक्टर मुन्ना कुमार साहले जानकारी दिए ।

यसैबीच निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले घाइते दिलकुमारीको स्वास्थ्य अवस्था बुझ्न निजगढ सामुदायिक अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १ : ४८ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार