२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पाँचथरकी झरनाले गरिन् पोर्चुगलमा आत्महत्या



लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएकी एक नेपाली चेलीले झुण्डिएर आत्महत्या गरेकी छिन् । पोर्चुगलको मदेइरा बस्दै आएकी पाँचथर फाल्गुनन्द गाँउपालिका-५ की २७ वर्षीया झरना चेम्जोङले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

चेम्जोङले गत शनिवार बेलुका आफू बस्ने कोठाको डबलडेकर बेडमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व महासचिव निराजन सुवेदीले जानकारी दिए ।

बिदाको दिन एक्लै कोठामा रहेकी उनले ढोका बन्द गरेर आत्महत्या गरेको उनले बताए । सँगै बस्ने साथीहरु कामबाट आएर राति ढोका खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेको र प्रहरी आएर ढोका खोल्दा चेम्जोङ झुण्डिएको अवस्थामा रहेको प्रहरीलाई उद्धृत गर्दै सुवेदीले बताए ।

रोजगारीका सिलसिलामा साईप्रस हुदै पन्ध्र महिना अघि पोर्चुगल आएकी चेम्जोङ मदेइरा स्थित एक होटेलमा कार्यरत थिईन् । उनी होटेलले उपलब्ध गराएको कोठामा अन्य साथीहरु सँगै बस्दै आएकी थिईन् ।

चेम्जोङले झुण्डिएर आत्महत्या गरेको भएपनि के कारणले आत्महत्या गरेको हो भन्ने विषय भने खुलिनसकेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । उनको शव परीक्षणका लागि मदेइरा स्थित एक अस्पतालको शवगृहमा राखिएको महावाणिज्यदूत हमालले बताए । घटनाको विषयमा परिवारलाई जानकारी गराईसकिएको र उनको शव नेपाल पठाउने वा यहीँ अन्त्यष्टि गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

चेम्जोङकी ८ वर्षीया छोरी र श्रीमान नेपालमा रहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ७ : ३० बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर