३ आश्विन २०८३, शनिबार | September 19, 2026

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग



खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले राहत रकम प्रदान गरेको हो ।

कोषले घर जलेर विस्थापित भएका जन्तेढुङ्गा गाउँपालिका-४ डम्बर्खुशिवालयका धनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका भगतबहादुर राई र भीमबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका ज्ञानमाया राई र टेकबहादुर राई, ऐसेलुखर्क गाउँपालिका-६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्साल तथा जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका इन्द्रबहादुर राईलाई राहत रकम प्रदान गरिएको कोषका कोषाध्यक्ष युगसन किरातले जानकारी दिए ।

प्राकृतिक विपत्तिमा परेका जिल्लावासीको सहयोगार्थ हङकङमा रहेका खोटाङ्गेको अगुवाइमा २०७२ सालमा कोष स्थापना भएको हो । प्रारम्भमा रु २० लाख जम्मा गरेर स्थापना भएको कोषमा अहिले रु ३० लाख सङ्कलन भएको र ब्याजवापत प्राप्त हुने रकम जिल्लाका विपत्तिमा परेका जिल्लाका नागरिकलाई राहतस्वरुप प्रदान हुँदै आएको कोषाध्यक्ष किरातले बताए ।

कोषले घरमा आंशिक क्षति भएका पीडित परिवारलाई प्रतिपरिवार रु पाँच हजार र पूर्ण क्षति भएकालाई रु दश हजारका दरले राहत रकम उपलब्ध गराउँदै आएको छ ।

दश स्थानीय तह रहेको खोटाङमा गत फागुन ११ गतेदेखि हालसम्म १६ वटा घर र १९ वटा गोठ जलेका छन् । गोठमा बाँधिएका ७१ वटा चौपाया मरेका छन् । आगलागीका यी घटनाबाट रु एक करोड ६३ लाख ७७ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ७ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको