९ पुस २०८२, बुधबार | December 24, 2025

मैथिली समाज रुपन्देहीद्वारा बुटवलमा होली मिलन कार्यक्रम



बुटवल । मैथिली समाज रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

रङ्गहरुको पर्व होलीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले मैथिली समाज इतिहासमा राजा जनकको पालादेखि नै कला सँस्कृति धनी समाज परिचित रहेको उल्लेख गरे ।

पहाडी समुदायले दशैं तिहारलाई महत्व दिएजस्तै मिथिला क्षेत्रमा होलीको ठूलो महत्व र परम्परा रहेकाले यसलाई संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

मैथिली भाषा, सभ्यता र सँस्कृति बारे नयाँ पुस्तालाई जानकारी गराउन समय-समयमा प्रदर्शनी, तथा प्रचार-प्रसारमा जोड दिँदै नगर प्रमुख यसका लागि बुटवल उपमहानगरले आवश्यक बजेटको व्यवस्था गर्ने समेत प्रतिवद्धता गरे ।

मेची, कोशी तथा मधेश प्रदेशमा घर भई हाल रुपन्देहीसहित नवलपरासी तथा कपिलवस्तुमा विभिन्न पेसा-व्यवसाय गर्ने मैथिली समुदायको उपस्थितीमा होली मिलन कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा बोल्दै मैथिली समाज रुपन्देहीका अध्यक्ष उदयकुमार सिंह, उपाध्यक्ष रिता कुमारी शाह, सचिव मनोज कुमार मण्डल तथा मैथिली समाजका अगुवा विजय कुमार झा लगायतले बोल्दै भाषा सँस्कृति र सभ्यताले एकताको शुत्रमा बाँधेर राख्न सफल भएको उल्लेख गरे । होली रङ्गहरुको पर्वमात्र नभई असत्यमाथि सत्यको जित र सबैसँग आत्मीय सम्बन्ध कायम गर्ने प्रतिकको रुपमा रहेको उनीहरुले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : ०२ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

बुटवल औद्योगिक प्रदर्शनीको पहिलो सातामै एक लाख अवलोकनकर्ता, ८ करोडको कारोबार

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामै करिब एक

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक