२९ भदौ २०८३, सोमबार | September 14, 2026

मैथिली समाज रुपन्देहीद्वारा बुटवलमा होली मिलन कार्यक्रम



बुटवल । मैथिली समाज रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

रङ्गहरुको पर्व होलीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले मैथिली समाज इतिहासमा राजा जनकको पालादेखि नै कला सँस्कृति धनी समाज परिचित रहेको उल्लेख गरे ।

पहाडी समुदायले दशैं तिहारलाई महत्व दिएजस्तै मिथिला क्षेत्रमा होलीको ठूलो महत्व र परम्परा रहेकाले यसलाई संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

मैथिली भाषा, सभ्यता र सँस्कृति बारे नयाँ पुस्तालाई जानकारी गराउन समय-समयमा प्रदर्शनी, तथा प्रचार-प्रसारमा जोड दिँदै नगर प्रमुख यसका लागि बुटवल उपमहानगरले आवश्यक बजेटको व्यवस्था गर्ने समेत प्रतिवद्धता गरे ।

मेची, कोशी तथा मधेश प्रदेशमा घर भई हाल रुपन्देहीसहित नवलपरासी तथा कपिलवस्तुमा विभिन्न पेसा-व्यवसाय गर्ने मैथिली समुदायको उपस्थितीमा होली मिलन कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा बोल्दै मैथिली समाज रुपन्देहीका अध्यक्ष उदयकुमार सिंह, उपाध्यक्ष रिता कुमारी शाह, सचिव मनोज कुमार मण्डल तथा मैथिली समाजका अगुवा विजय कुमार झा लगायतले बोल्दै भाषा सँस्कृति र सभ्यताले एकताको शुत्रमा बाँधेर राख्न सफल भएको उल्लेख गरे । होली रङ्गहरुको पर्वमात्र नभई असत्यमाथि सत्यको जित र सबैसँग आत्मीय सम्बन्ध कायम गर्ने प्रतिकको रुपमा रहेको उनीहरुले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : ०२ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा