९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

व्याजदरमा एकरूपता कायम गर्न बैंक तथा वित्तीय संस्था पीडितको माग



बुटवल । बैंकको कर्जामा भएको भेदभावलाई बन्द गरी ऋणीलाई एउटै व्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्था पीडित समन्वय समितिले माग गरेको छ । बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति, रूपन्देहीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी एउटै बैंक तथा वित्तीय संस्थाबाट प्रभाह हुने कर्जाको व्याजदर एउटै हुनुपर्ने लगायत ९ बुँदे माग राखेका छन् ।

समितिका अध्यक्ष दुर्गा पोख्रेलले आर्थिक संकटले व्यवसाय थला परेर सावा व्याज र किस्ता समेत रोकिन पुगेको बेला बैंकले बुद्धिमत्ता अपनाउन आग्रह गरे । कोरोना महामारी, विद्यमान आर्थिक संकटका कारण ऋणीहरुको बैंकलाई तोकिएको समयमा सावा र व्याज बुझाउन तिर्न नसकेको अवस्थामा आर्थिक मन्दी सकिएको मितिले ५ वर्षसम्मा कुनै पनि ऋणीले धितो लिला गर्न सूचना निकाल्न तथा धितो लिलाम गर्न नपाइने व्यवस्था गर्न उनले माग गरे ।

कर्जा लगानीका बखत ऋणीसँग भएको सम्झोताको पाना नगरी आधारदर बढदा बिना सूचना व्याजदर वृद्धि गर्ने गरिएको बताउदै पोखरेलले आधारदर घट्दा व्याजदर नघटाउने कार्य तत्काल रोकेर ऋण सम्झौता भएको बखत कायम व्याजदर नबनाउनुपर्ने बताए । ‘दोहोरो अंकको चर्को व्याजदरका कारण ऋण प्रबाह हुन नसकी आर्थिक गतिविधि ठप्प जस्तो हुँदा अर्थतन्त्र सिथिल बनेको छ’ पोखरेलले भने, ‘अब व्याजदर एक अंकमा झार्नुपर्छ । कर्जाको सावा तथा ब्याज भुक्तानी ढिलाई भएको नाममा बैंकहरुले आफू खुसी लगाउदै आएको प्यनाल्टी तथा हर्जाना तुरुन्त खारेज हुनुपर्छ ।’

वित्तीय संस्थाले ऋणीबाट तोकिएको मितिमा सावा व्याज नबुझाएमा बारम्बार तनाव दिने गरेको उनीहरुको गुनासो छ । वित्तीय संस्थाले मनोवैज्ञानिक दवाव दिदै सूचना प्रकाशित गरी कौडीको भाउमा जग्गा लिलाम गर्ने ऋणीहरु ठगिएका ऋणी चन्द्रेश्वर कडेलले बताए । वित्तीय संस्थाबाट पीडित रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा गरी ३० हजार जना नागरिक रहेको बताइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : २० बजे

बुटवल ईलिटमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम

बुटवल । बुटवलको शैक्षिक विकासमा योगदान दिएको नीजि क्षेत्रकै पुरानो

सुदूरपश्चिममा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुदूरपश्चिम । धनगढी-डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार

नेपाल पत्रकार महासंघ रुपन्देहीको अपिल : निर्वाचनमा पत्रकारलाई भयरहित वातावरण सुनिश्चित गरियोस्

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले भय रहित बातावरणमा आसन्न

घरदैलोसंगै प्रविधिमैत्री चुनावी प्रचारमा रुपन्देहीका सुरज पाण्डे

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिरहदा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका