२९ भदौ २०८३, सोमबार | September 14, 2026

अनेरास्ववियु रुपन्देहीले नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्ने



बुटवल । अनेरास्ववियु रुपन्देहीले नयाँ वर्ष २०८१ सालको अवसरमा बृहत अखिल साझ गर्ने भएको छ । अनेरास्ववियु रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न दोश्रो बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले चैत्र १६ र १७ गते जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने, चैत्र मसान्तभित्र समसामयिक बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने लगाएतका महत्त्वपूर्ण निर्णय गरेको कमिटीका अध्यक्ष भरत अर्यालले जानकारी गराएका हुन ।

बैठकमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य लेखनाथ खनालले केन्द्रीय कमिटीको निर्णय अनुसार आगामी बैशाख १३ गते सबै पालिकामा हाजिरजवाफ कार्यक्रम आयोजना गर्न निर्देशन गएका थिए । नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य एवं विद्यार्थी इन्चार्ज यम पान्डेले अनेरास्ववियुले विद्यार्थीका हरेक समस्याको समाधानका लागि अग्रसरता लिनुपर्ने बताए ।

बैठकमा अनेरास्ववियुका पुर्व नेता, नेकपा (एमाले) रुपन्देही जिल्ला सचिवालय सदस्य एवं विद्यार्थी सहइन्चार्ज बालकृष्ण पान्डेले बैठकबाट भएका निर्णय बिना सर्त कार्यान्वयन गर्न निर्देशन दिए । उनले अनेरास्ववियुका नेता कार्यकर्ताले सधै अनुशासनको पालना गर्दै आम विद्यार्थीको समस्यालाई समाधानको बिकल्प सहित उठान गर्न निर्देशित गरे ।

बैठकमा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज साजन भन्डारी, सह इन्चार्ज शेषकान्त पोखरेल, केन्द्रीय कमिटी सदस्यहरु कृष्ण बश्याल, दुर्गबहादुर एमसी, सागर न्यौपाने, बिजय कार्की, केन्द्रिय लेखा आयोग सदस्य दिपक चापागाईं, प्रदेश कमिटी सचिव रमेश ढकाल, प्रदेश कमिटी सदस्य कमल थ्सपा मगर, गोमा भट्टराई, पुजन बश्याल, प्रबिण पान्डे लगाएतले अनेरास्ववियुको बारेमा प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।

अनेरास्ववियु रुपन्देहीका पदाधिकारी तथा सदस्यहरुले आफुले प्राप्त गरेको जिम्मेवारी अनुसार आफ्नो कार्यक्षेत्रमा भएका गतिविधिका बारेमा रिपोर्टिङ गरेको उक्त बैठकमा कमिटीका अध्यक्ष भरत अर्यालले आगामी ३ महिनाको विशेष योजना प्रस्तुत गरेका थिए । बैठक कमिटीका अध्यक्ष भरत अर्यालको अध्यक्षता तथा सचिव सुमित सापकोटाको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : ३७ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा