१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘भ्रष्टाचार विरुद्ध मेरो १ गोल’को उपाधि नेपालगन्ज उद्योग बाणिज्य संघलाई



नेपालगन्ज । चैत्र ७ गतेदेखी नेपालगन्जमा जारी विभिन्न पेशाकर्मीहरु बीचको मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको ट्रफी नेपालगन्ज उद्योग बाणिज्य सघंले उचालेको छ । आइतबार बाँके अटो मोबाइल्स एसोसियसन र नेपालगन्ज उद्योग बाणिज्यबीच भएको फाइनल खेलमा उद्योग बाणिज्य संघले जित निकालेको हो ।

नेपालगन्ज ग्यालरीको आयोजना खबरगन्ज र बास नेपालको सह आयोजनामा भएको मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको फाइनल खेलमा दुवै टिमले खेल अवधिभर कुनै गोल गर्न नसकेपछि पेलान्टी सुट आउट मार्फत निर्णय गराइएको थियो । पेनाल्टीमा नेपालगन्ज उद्योग बाणिज्य संघको तर्फबाट ५ गोल भयो भने बाँके अटो मोबाइल्स एसोसियसनको ४ गोल मात्र हुन सक्यो । विजेता र उप विजेता टिमलाई ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।

नेपालगन्ज ग्यालरीका संस्थापक समिर मान श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा प्रतिनिधि सभा सदस्य डा. धवल समशेर राणाले रेफ्रीलाई बल दिएर फाइनल खेलको शुभारम्भ गरेका थिए । फाइनल खेलको शुभारम्भ गर्दे डा. राणाले भ्रष्टाचार विरुद्धको अभियानलाई एक्यबद्धता स्वरुप गरिएको फुटबल खेलले सकारात्मक सन्देश प्रवाह गरेको बताए । देशमा भैरहेको भ्रष्टाचार र भ्रष्टचारीका लागी सानो भएपनि सन्देश खेलको माध्यमद्धारा दिएको डा. राणाले बताए ।

समापन सत्रमा प्रतियोगितामा सहभागि भएका पेशाकर्मिहरुलाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुवास चन्द्र बोहोरा, राष्ट्रिय अनुसन्धान बाँकेका एसपि ओम खड्का, ससस्त्र प्रहरी बल ३० नम्बर बाहिनीका प्रमुख एसपि विमल डाँगी, नेपालगन्ज उप महानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी, नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, लगायतले पुरस्कार वितरण गरेका थिए ।

पेशाकर्मीहरु बीचको मैत्रीपुर्ण फुटबल खेल प्रतियोगितामा १३ टिमले सहभागिता जनाएका थिए । कार्यक्रम सफल बनाउन सहकार्य र सहयोग गर्ने सस्था, व्यक्तिहरुलाई आयोजकले कदर पत्रले सम्मान गरेको थियो । मैत्रिपुर्ण खेलको निर्णायक (रेफ्री)को भुमिका सन्तोष चन्द, कृष्ण चन्द ठकुरी र सिमोन गुरुङ्गले निर्वाह गरेका थिए । यस किसिमको कार्यक्रमलाई अर्को वर्षपनि निरन्तरता दिइने कार्यक्रम संयोजक प्रकाश अधिकारीले जनाएका छन ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ७ : ३७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्