११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

आयरल्याण्ड वोल्भ्समाथि नेपाल ६ विकेटले विजयी



काठमाडौं। नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको छ । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले १६ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाएका थिए । त्यसैगरी कप्तान रोहित पौडेल शुन्यमा र गुलशन झाले ४ रन बनाएका थिए ।

त्यसैगरी ग्यारेथ डेलानीले २ विकेट लिएका थिए भने बेन ह्वाइट र थोमस मायेसले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुदै १२१ रन बनाएको थियो ।

आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्बाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । दुई खेलको सिरिजको दोस्रो खेल मंगलबार हुने छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ४ : १६ बजे

सुकुम्बासी बस्ती भत्काउने कार्य तत्काल रोक्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला । जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार

कांग्रेस संसदीय दलको नेता चयन आज, सर्वसम्मत प्रयास जारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ