२० मंसिर २०८२, शनिबार | December 6, 2025

ट्रान्क्युलिटी स्पाले गर्‍यो फिट फेस्टमा हाइकिङ



काठमाडौ । ट्रान्क्युलिटी स्पाले फिट फेस्ट कार्यक्रम सम्पन्न गरेको छ ।

फिट फेस्ट कार्यक्रम अन्तरगत काठमाडौको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा शनिबार हाइकिङ कार्यक्रम गरिएको थियो ।

हाइकिङ गर्दा शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य हुनुको साथै मुडफ्रेस हुने गएको ट्रान्क्युलिटी स्पा क्लबमा आवद्ध २ सय ग्राहक हाइकिङमा सहभागी भएका थिए ।

हाइकिङ कार्यक्रममा सहभागीहरु काठमाडौ पाँच तारे सेल्टी होटलमा परिसरमा रहेको ट्रान्क्युलिटी स्पामा भेला भई बुढानिलकण्ठमा पुगेको थिए । सहभागीले बुढानिलकण्ठको शिवपुरी राष्ट्रिय निकुञ्जबाट बिष्णुद्वारसम्म १२ किलोमिटर हाइकिङ गरेका थिए ।

हाइकिङको क्रममा ढकमक्क फुलेको लालिगुँरासको मनोरम दृश्यसहित चराचुरुंगीको आवाज सुन्दै सहभागीले मनोरञ्जन लिएका थिए । एक दिन भएपनि आफना ग्राहकलाई प्रकृृतिको मज्जा दिनका लागि वार्षिक कार्यक्रम अन्तरत हाइकिङ कार्यक्रम गरिएको ट्रान्क्युलिटी स्पाका अध्यक्ष भुवन फैजुले बताए ।

राष्ट्रिय निकुञ्जबाट फकिएर बुढानिलकण्ठमा अवस्थित पाँच तारे लेवन ट्री प्रिमियर होटलमा समापन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ट्रान्क्युलिटी स्पाका ग्राहकहरुबीच विभिन्न प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतियोगितामा विजेताहरुले थाइल्याण्डको बैंकक टुरदेखि पोखरा टुर प्याकेज जितेको थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ९ : २५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल