१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

बागमती सरकार दबाबमा, हाम्रो नेपाली पार्टीले फिर्ता लियो सरकारलाई दिएको समर्थन



हेटौंडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशमा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

केन्द्रमा नयाँ समीकरण बनेपछि गत फागुन २३ मा नेपाली कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा छन् । उनले संवैधानिक व्यवस्था अनुरूप ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । बागमतीमा वर्तमान सरकार टिकाइराख्न साना दलको समर्थन निर्णायक बनेको छ । हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीमा समेत आफ्नो दाबेदारी पेश गरको छ ।

केन्द्रको गठबन्धन अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा माओवादीका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ गरि ५५ सदस्यको समर्थन रहेको छ । त्यस्तै ११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेस ३७ सिटसहित सबैभन्दा ठुलो दल रहेको छ ।

प्रदेशमा राप्रपाका १३ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद रहेका छन् । बागमती प्रदेशमा राप्रपाका सभामुख रहेका छन् ।

यस्तो अंक गणितमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत लिन एक मत आवश्यक रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १२ : ३९ बजे

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकियो : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौं । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै