१५ चैत्र २०८२, आइतबार | March 29, 2026

मस्कोमा पक्राउ परेका अमेरिकन पत्रकारलाइ थप जेल सजाय : मस्को अदालत



मस्को । मस्कोको एक अदालतले वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविचलाई थप जेलमा बस्नु पर्ने सजायँ सुनाएको छ । अमेरिकन पत्रकार गेर्शकोबिच अब कम्तिमा जुनको अन्त्यसम्म जासुसीको आरोपमा जेलमा बस्नुपर्ने फैसला गरेको मस्को अदालतका अधिकारीहरूले जनाएको छ ।

३२ वर्षीय अमेरिकी नागरिक गेर्शकोविचलाई सन् २०२३ को मार्चको अन्त्यमा रिपोर्टिङ असाइनमेन्टका क्रममा पक्राउ परेका थिए । सो पछि उनले झण्डै एक वर्ष जेलमा बिताइसकेका छन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको हिरासत जुन ३० सम्म लम्बिएको छ ।

पत्रकार गेर्शकोविच र उनको रोजगारदाता कम्पनि दुबैले रूसको आरोप अस्वीकार गर्दै आएका छन् । र, अमेरिकी सरकारले उनको हिरासतलाई गलत घोषणा गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : ३६ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको