२९ भदौ २०८३, सोमबार | September 14, 2026

तिलोत्तमा जेसिजद्वारा रक्तदान कार्यक्रम सम्पन्न



तिलोत्तमा । तिलोत्तमा जेसिजले रुपन्देहीको मणिग्राममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा जेसिसका अध्यक्ष महेश शर्मा पौडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको छ ।

तिलोत्तमा जेसिसका पुर्व अध्यक्ष एव प्रदेश खेलकुद परिषद लुम्विनिका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा सस्थाका महासचिव प्रकाश न्यौपानेको जन्मदिनको केक काटेर कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव एव तिलोत्तमा जेसिसका पुर्व अध्यक्ष जय प्रकाश भट्टराईले रक्तदानको लागि स्वस्थ शरीर आवश्यक पर्ने र स्वस्थ शरिरको लागि खेलकुद महत्वपूर्ण रहेको बताए ।

सो अवसरमा तिलोत्तमा जेसिसका पुर्व महा- सचिव समेत रहेका नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, ट्रेड युनियन नेपाली काग्रेस रुपन्देही अध्यक्ष राम प्रसाद ढकाल, पुर्व अध्यक्ष बासुदेव शर्मा, लोकमणी भन्डारी राजु, बिनित भट्टराई निवर्तमान अध्यक्ष प्रकाश गौतम, उपाध्यक्ष बिकास गौतम लगायतले बोलेका थिए ।

सो अवसरमा तिलोत्तमा जेसिसका महासचिव प्रकाश न्यौपानेले रक्तदान कार्यक्रम गर्दै आफ्नो जन्मोत्सव मनाएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ३ : १७ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा