३ पुस २०८२, बिहिबार | December 18, 2025

तिलोत्तमा जेसिजद्वारा रक्तदान कार्यक्रम सम्पन्न



तिलोत्तमा । तिलोत्तमा जेसिजले रुपन्देहीको मणिग्राममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा जेसिसका अध्यक्ष महेश शर्मा पौडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको छ ।

तिलोत्तमा जेसिसका पुर्व अध्यक्ष एव प्रदेश खेलकुद परिषद लुम्विनिका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा सस्थाका महासचिव प्रकाश न्यौपानेको जन्मदिनको केक काटेर कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव एव तिलोत्तमा जेसिसका पुर्व अध्यक्ष जय प्रकाश भट्टराईले रक्तदानको लागि स्वस्थ शरीर आवश्यक पर्ने र स्वस्थ शरिरको लागि खेलकुद महत्वपूर्ण रहेको बताए ।

सो अवसरमा तिलोत्तमा जेसिसका पुर्व महा- सचिव समेत रहेका नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, ट्रेड युनियन नेपाली काग्रेस रुपन्देही अध्यक्ष राम प्रसाद ढकाल, पुर्व अध्यक्ष बासुदेव शर्मा, लोकमणी भन्डारी राजु, बिनित भट्टराई निवर्तमान अध्यक्ष प्रकाश गौतम, उपाध्यक्ष बिकास गौतम लगायतले बोलेका थिए ।

सो अवसरमा तिलोत्तमा जेसिसका महासचिव प्रकाश न्यौपानेले रक्तदान कार्यक्रम गर्दै आफ्नो जन्मोत्सव मनाएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ३ : १७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल