४ पुस २०८२, शुक्रबार | December 20, 2025

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन



काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

विहिबार त्रिभुवन विश्वविद्यालयले पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले समितिलाई ३० दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड नं. ४१२) का उत्तरपुस्तिकाहरू हराएको थियो ।

यस सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचार  र जनमानसमा उत्पन्न चासो तथा चिन्ताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै समिति गठन गरिएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही चैत २१ गते उत्तरपुस्तिका हराएका विषयका परीक्षाहरू सञ्चालन हुने गरी सूचना समेत प्रकाशित भइसकेको विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ९ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको