२६ बैशाख २०८१, बुधबार | May 9, 2024

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने



बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका लागि उत्प्रेरणा तथा तनाव ब्यवस्थापन सम्वन्धि कार्यक्रम गर्ने भएको छ । पछिल्लो मानव जीवनशैलीले पारेको प्रभाव र त्यसलाई ब्यवस्था गर्नका लागि लुम्विनी वल्ड स्कुलले अभिभावकका लागि एक दिने जीवन उत्प्रेरणामुलक तथा तनाव ब्यवस्थापन विषयक कार्यक्रम गर्न लागेको हो ।

विद्यालयका अभिभावक तथा अन्य गरि सात सय जनालाई उत्प्रेरणामुलक तथा तनाव ब्यवस्थापन कार्यक्रममा सहभागि गराइने विद्यालय संचालक समितिका अध्यक्ष योगेश घिमिरेले जानकारी दिए । असल अभिभाकत्व तथा तनाव व्यवस्थापनका लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष घिमिरेले बताए ।

आउँदो सनिवार विश्व प्रख्यात उत्प्रेरक धार्मिक गुरु प्रा. डा. इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ले उत्प्रेरणामुलक प्रवचन दिनु हुने छ । मानव जीवनको यथार्थ, सरल जीवन यापन र संस्कारयुक्त शिक्षण सिकाई र बुझाई लगायका विषयमा पत्री प्रभुले प्रवचन दिनु हुने विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद ढकालले जानकारी दिए । पछिल्लो समय बालबालिकाहरुको उमेर बढ्दै जाँदा अभिभावक र विद्यालयसँगको दुरी बढाउँदै लैजाने गरेको उल्लेख गर्दै यस्ता तालिमले अभिभावक र शिक्षकसँग बालबालिकाको दुरी कम गर्ने प्रिन्सिपल ढकालले बताए । कक्षाकोठामा विषयवस्तुको पठनपाठनसँगै विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमै अभ्यस्त बनाउने गरिएको अध्यक्ष घिमिरे बताउँछन । दुईवर्ष पहिले १ सय ५६ विद्यार्थीबाट पठनपाठन शुरु भएको विद्यालयमा तीनसय ५० विद्यार्थी अध्ययनरत रहेको उनले बताए । आगामी शैक्षिक सत्रमा साढे ५ सय विद्यार्थी पु¥याउने लक्ष्य रहेको उनको भनाई रहेको छ ।

साढे ३ विगाह क्षेत्रमा भौतिक रुपमा सुविधा सम्पन्न रहेको विद्यालयमा ८० करोड लगानी रहेको सल्लाहकार महेन्द्र नारायण श्रेष्ठले बताए । विद्यालयमा पुस्तकालय, स्वीमिङ पुल, क्याप्टेरिया, फुटसल, बास्केट बल कोर्ट रहेका छन् भने पठनपाठन र प्रयोगात्मक सिकाईसँगै, नृत्य, मार्सलआर्ट, म्युजिकमा समेत विद्यार्थीहरुले पठनपाठन गर्दै आएको विद्यालयका भाईसप्रिन्सिपल लजिता शर्माले जानकारी दिए । काठमाडौं भन्दा बाहिर शैक्षिक क्षेत्रमा नयाँपन दिनका लागि विद्यालय संचालन गरिएको विद्यालयले जनाएको छ ।

रुपन्देहीका १४ जना उद्योगी व्यवसायीहरुको लगानी रहेको विद्यालयमा ८६ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् । पहिलेवर्ष प्ले ग्रुपदेखी सात कक्षा सम्मका विद्यार्थीहरुलाई भर्ना गरिएकोमा गतवर्ष कक्षा आठ र आगामी वर्ष कक्षा ९ सम्मको पठनपाठन गर्ने लक्ष्य विद्यालयले लिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ९ : ४० बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s