२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड



काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २१ सय रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रूरुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला १५ सय १० रुपैयाँमा स्थिर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २३२.७५ डलर र चाँदी प्रतिऔंस २४.९५ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ११ : ३८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले