२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड



हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताएका छन ।

मकवानपुरमा आज नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताए ।

“पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको हो,” प्रधानमन्त्री प्रचण्डले भने, “नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ ।”

आगामी दिनमा सरकारले विकास र समृद्धिको यात्रालाई जोड दिएर जनताका आकांक्षालाई सम्बोधन गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासमा केन्द्रित रही आगामी दिनमा सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे । “दिनदिनै काठमाडौंमा जुलुस गर्नुपर्ने अवस्था बदलिएको छ, सहकारी पीडितको समस्या समाधानतर्फ अगाडि बढेको छ,” प्रधानमन्त्री प्रचण्डले भने ।

माओवादी धारका पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आगामी दिनमा माओवादीहरू एकताबद्ध हुने र २०८४ को आम निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  २ : ४६ बजे

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

पाटन । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राष्ट्रिय परीक्षा बोर्डको

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द

मुम्बई । अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको