२ पुस २०८२, बुधबार | December 17, 2025

बाँकेको यु–१३ छनोट फुटबलमा उत्साह जनक सहभागिता



नेपालगन्ज । बाँके जिल्ला फुटबल संघले शनिबार गरेको यु–१३ छात्र–छात्रा फुटबल छनोट कार्यक्रममा उत्साह जनक रुपमा खेलाडीहरुको सहभागिता देखिएको छ । अखिल नेपाल फुटबल संघको युवा विकास परियोजना अन्तर्गत २०८१ को लागि छनोट कार्यक्रम गरिएको हो ।

संघले शनिबार नेपालगन्जमा एक दिन छनोट कार्यक्रमको आयोजना गरेको थियो । तर सहभागि खेलाडीहरुको संख्या धेरै पछि छनोट कार्यक्रम लम्बाएर आइतबार पनि गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको छनोटमा परेका खेलाडीहरुलाई एन्फा अन्तर्गतका विभिन्न टेक्निकल सेन्टरमा संचालन भएका एकेडेमीमा रहेर फुटबल खेल्ने मौका मिल्नेछ । बाँकेमा भएको छनोट फुटबलमा २ सय १५ जनाको सहभागिता रहेको अध्यक्ष शाहीले बताए । त्यसमा १ सय ८५ छात्र र ३० छात्रा खेलाडी रहेका छन् । पहिलो चरणको छनोटमा ८९ जना छात्र र ९ जना छात्रा खेलाडी छनोट गरिएको संघले जानकारी गराएको छ । आइतबार अन्तिम चरणको छनोट हुनेछ ।

शनिबार भएको छनोट कार्यक्रमले फुटबल विकासमा निकै उत्साह थपेको अध्यक्ष शाहीले बताए । उनले भने,‘फुटबलमा बालबालिकाको क्रेज निकै राम्रो छ । यति धेरै सहभागिता हुन्छ भन्ने हामीले सोचेको थिएनौं । अभिभावकहरुले आफना बालबालिकालाई फुटबल खेलाउन निकै चासो दिनु भएको छ । यसले भविष्यमा हाम्रो फुटबलको स्तर र राम्रा खेलाडी उत्पादनमा सहयोग गर्नेछ ।’

नेपालगन्ज रंगशालमा धेरै पछि फुटबलको गतिविधि भैरहेको बताउँदै अध्यक्ष शाहीले बाँकेमा अब फुटबलको लोकप्रियता फेरी बढन थालेको बताए ।

समुदाय स्तरबाट फुटबलका प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपुर्ण खेल्ने प्रशिक्षकहरुको लागि समेत संघले कार्यक्रम गरेको थियो । अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य समेत रहेका भएका शाहीका अनुसार संघले चैतको ६ देखि ९ गते सम्म संघले नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्षको आयोजना गरेको थियो । जहाँ बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जना प्रशिक्षकको सहभागिता रहेको थियो ।

नेपालगन्जमा रंगशालामा दुई दिन सम्म भएको छनोट कार्यक्रमबाट छानिएका खेलाडीहरुलाई प्रदेश स्तरको छनोटमा समावेश गराईनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ७ : २२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल