२० मंसिर २०८२, शनिबार | December 6, 2025

पश्चिम नेपाल बस व्यवसायी प्रालीमा दोस्रो कार्यकालका लागि पनि दधिराम खरेल नेतृत्वको प्यानल विजयी



बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रालिमा वर्तमान अध्यक्ष दधिराम खरेल नेतृत्वको प्यानल नै विजयी भएको छ । प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट दास्रो कार्यकालका लागि पनि अध्यक्ष दधिराम खरेल सहितको टिम निर्वाचित भएको हो ।

शनिबार बेलुकी साढे ९ बजे सकिएको मतगणनामा खरेल नेतृत्वको पुरै प्यानल विजयी भएको हो । निर्वाचनमा खरेलसहितको एउटा प्यानल र पदमराज गाहा नेतृत्वको अर्को प्यानलले चुनावी प्रतिष्पर्धा गरेका थिए ।

मतगणनाको अन्तिम परिणाममा दधिराम खरेल १ हजार ४ सय ३६ मत ल्याइ अध्यक्षमा विजयी भएका हुन् । मत परिणाम अनुसार सञ्चालकहरुमा रामचन्द्र खडका १ हजार २ सय ८३, जितेन्द्र खत्री १ हजार ३ सय ३१, नारायणप्रसाद भण्डारी १ हजार२ सय ५१, नारायणप्रसाद घिमिरे १ हजार २ सय ६३, गोपालबहादुर पौडेल १ हजार ३ सय ८६, चेतनारायण बेलबासे (गोली नारायण) १ हजार ३ सय २६ मत ल्याइ विजयी भएका छन् ।

त्यसैगरी रामचन्द्र भुसाल १ हजार ४ सय ६७, सुरेन्द्र श्रेष्ठ १ हजार ३ सय ८४, मोहन पिएस १ हजार ४ सय ४० र जीवनकुमार बन्जाडे १ हजार ३ सय ४७ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ । खरेको प्रतिद्वन्द्वी बनेका पदमराज गाहाले भने जम्मा ६५९ मतमा चित्त बुझाए ।

त्यस्तै रुट नम्बर १ खमा जिवन रेग्मी, २ मा विधानराज श्रेष्ठ, ३ मा विजयकुमार तिवारी, ८ मा सागर पिएस र १६ मा लिलाधर खराल निर्विरोध भएका छन् भने रुट नम्बर ४ मा थम्मनबहादुर बस्नेत, ५ मा कमलबहादुर क्षेत्री, ६ मा रामभगत चौधरी, ७ मा शंकर ज्ञवाली (प्रकाश), ९ मा हिमाल श्रेष्ठ, १० मा युवराज नेपाल, ११ मा सुर्यप्रकाश ढुंगाना, १२ मा मनबहादुर पौडेल, १३ मा टेकराज भट्टराई (रामु), १४ मा डोरनाथ ढकाल र १५ मा प्रकाश बन्जाडे विजयी भएको निर्वाचन समिति संयोजक रामराज पोखरेलले जानकारी दिए । 

पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध व्यवसायीहरुको यातायात व्यवसायमा ४ अर्ब बढी लगानी रहेको छ भने १० हजार कर्मचारी र यातायात मजदुरहरुले सो कम्पनीबाट रोजगारी पाएका छन् । कम्पनीले हाल २ हजार २ वटा बसबाट देशका बिभिन्न स्थानहरुमा यातायात सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ११ : ०४ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय