८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

हैटीमा चर्चित अमेरिकन युटयुवरको अपहरण, फिरौंती मागियो ६ लाख डलर



न्युयोर्क । एक प्रसिद्ध अमेरिकी युटयुवर हाइटीमा अपहरण परेका छन् । हैटीका एक गिरोह नेता अन्तर्वार्ता लिने प्रयास गर्दा उनी अपहरणमा परेका हुन ।

अमेरिकी युटयुवर एडिसन पियरे मालौफ अपहरणमा परेपछि उनलाइ छुटाउने प्रयास भइरहेको छ । हाइटीको शासक भएको दाबी गर्ने गिरोहले उनलाई अपहरण गरेको र बदलामा ठूलो रकम मागेको जनाइएको छ । उनलाइ अरबी भनेर पनि सम्बोधन पनि गरिने गरिएको छ ।

न्युयोर्क पोस्टका अनुसार, जर्जियामा आधारित युटयुवर हैटीको सबैभन्दा कुख्यात गिरोह नेता जिमी बार्बेक चारिजियरको अन्तर्वार्ता लिन हिंसाग्रस्त देशको यात्रा गरेका थिए । गत मार्च १४ मा अमेरिकी युटयुवर हाइटीमा आइपुगेको मात्र २४ घण्टापछि उनी र उनका एक सहयोगीलाइ माभोजो गिरोह सदस्यहरूले कब्जा गरेको जनाइएको छ ।

समाचार अनुसार ती अमेरिकी युट्युवरलाई ६ लाख डलर फिरौतीका लागि अपहरण गरिएको छ । उनको रिहाइको लागि ४० हजार अमेरिकन डलर पहिले नै भुक्तान गरिएको छ तर अपहरणकर्ताहरूले मालोफको सुरक्षित रिहाइको लागि ठूलो रकमको माग गरिरहेका छन् । अपहरण गरिएका युट्युवर मालोफका युट्युवमा १४ लाखभन्दा बढी फलोअर्स छन् । उनी ती खतरनाक ठाउँहरू अन्वेषण गर्नका लागि प्रसिद्ध छन्, जहाँ कोही पनि जाँदैनन् ।

अमेरिकी युटयुवर बेपत्ता भएको खबर अनलाइन समाचार च्यानलमा फैलिएपछि उनका साथी स्ट्रिमर लेलेमले आफ्नो साथी अपहरणमा परेको पुष्टि गरेका छन् ।
‘दुई हप्तासम्म यो आफैंमा राख्ने प्रयास गरियो तर अहिले यो समाचार जताततै फैलिरहेको छ,’ लाललेमले टविटर पोस्टमार्फत भने । उनले भने, ‘ण्ह, अरबीलाई हाइटीमा अपहरण गरिएको छ र हामी उनलाई रिहा गर्ने प्रयास गरिरहेका छौं ।’

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : ५० बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत