३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

हैटीमा चर्चित अमेरिकन युटयुवरको अपहरण, फिरौंती मागियो ६ लाख डलर



न्युयोर्क । एक प्रसिद्ध अमेरिकी युटयुवर हाइटीमा अपहरण परेका छन् । हैटीका एक गिरोह नेता अन्तर्वार्ता लिने प्रयास गर्दा उनी अपहरणमा परेका हुन ।

अमेरिकी युटयुवर एडिसन पियरे मालौफ अपहरणमा परेपछि उनलाइ छुटाउने प्रयास भइरहेको छ । हाइटीको शासक भएको दाबी गर्ने गिरोहले उनलाई अपहरण गरेको र बदलामा ठूलो रकम मागेको जनाइएको छ । उनलाइ अरबी भनेर पनि सम्बोधन पनि गरिने गरिएको छ ।

न्युयोर्क पोस्टका अनुसार, जर्जियामा आधारित युटयुवर हैटीको सबैभन्दा कुख्यात गिरोह नेता जिमी बार्बेक चारिजियरको अन्तर्वार्ता लिन हिंसाग्रस्त देशको यात्रा गरेका थिए । गत मार्च १४ मा अमेरिकी युटयुवर हाइटीमा आइपुगेको मात्र २४ घण्टापछि उनी र उनका एक सहयोगीलाइ माभोजो गिरोह सदस्यहरूले कब्जा गरेको जनाइएको छ ।

समाचार अनुसार ती अमेरिकी युट्युवरलाई ६ लाख डलर फिरौतीका लागि अपहरण गरिएको छ । उनको रिहाइको लागि ४० हजार अमेरिकन डलर पहिले नै भुक्तान गरिएको छ तर अपहरणकर्ताहरूले मालोफको सुरक्षित रिहाइको लागि ठूलो रकमको माग गरिरहेका छन् । अपहरण गरिएका युट्युवर मालोफका युट्युवमा १४ लाखभन्दा बढी फलोअर्स छन् । उनी ती खतरनाक ठाउँहरू अन्वेषण गर्नका लागि प्रसिद्ध छन्, जहाँ कोही पनि जाँदैनन् ।

अमेरिकी युटयुवर बेपत्ता भएको खबर अनलाइन समाचार च्यानलमा फैलिएपछि उनका साथी स्ट्रिमर लेलेमले आफ्नो साथी अपहरणमा परेको पुष्टि गरेका छन् ।
‘दुई हप्तासम्म यो आफैंमा राख्ने प्रयास गरियो तर अहिले यो समाचार जताततै फैलिरहेको छ,’ लाललेमले टविटर पोस्टमार्फत भने । उनले भने, ‘ण्ह, अरबीलाई हाइटीमा अपहरण गरिएको छ र हामी उनलाई रिहा गर्ने प्रयास गरिरहेका छौं ।’

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : ५० बजे

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी

नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम