५ श्रावण २०८३, मंगलबार | July 22, 2026

लुम्बिनी वल्ड स्कुलमा उत्प्रेरणात्मक कार्यक्रम



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-१३ मा रहेको लुम्बिनी वल्ड स्कुलमा जीवनउपयोगी उत्प्रेरणात्मक कार्यक्रम गरिएको छ । शनिवार आयोजना हुने प्रबचनात्मक कार्यक्रममा विश्व विख्यात आध्यात्मिक मार्गदर्शक, लेखक तथा अभियान्ता, प्रा. डा. इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ ले प्रबचन दिएका थिए ।

निःशुल्क आयोजना गरिएको प्रबचन कार्यक्रममा बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नरपालिका प्रमुख रामकृष्ण खाँण, पुर्व संघीय संसाद प्रमोद यादव, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतको सहभागीता रहेको थियो ।

प्रबचन कार्यक्रममा बोल्दै मुख्यधार्मिक गुरु इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ खुुसी जीवन नै पहिलो प्रथमिकता रहेको बताएका थिए । उनले भौतिक सुख भन्दा पनि आध्यामिक सुख बलियो भएको भन्दै यसको लागि सबैले दैनिक कर्ममा ध्यान दिनुपर्ने बताएका थिए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष योगेश घिमिरेले अभिभावक, शिक्षक, विद्यार्थीहरुको विचमा सहकार्य जरुरीरहेको भन्दै जीवन विज्ञानको विषयमा जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

पूर्ण रुपमा निःशुल्क आयोजना गरिएको अभिभावक, स्थानीय, विद्यार्थी लगायतको बाक्लो सहभागीता रहेको थियो । विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद ढकालले यस्तो प्रकृतिको कार्यक्रम पहिलो पटक यो क्षेत्रमा आयोजना गरिएको जानकारी दिदै सिकाई सहितको शिक्षा अवको पहिलो आवश्यकता रहेको बताएका थिए ।

अत्यन्त व्यस्त जीवनको बाबजुद उपलब्ध थोरै समयलाई पनि कलात्मक रूपमा सदुपयोग गर्दै आमाबुबाहरूले आफ्ना नानीबाबुहरूलाई कसरी सफलतापूर्वक हुर्काउन सकिन्छ भन्ने सटिक सूत्रका साथै व्यस्त जीवनमा आइपर्ने तनावहरूलाई व्यवस्थापन गरेर कसरी आफूमा खुसी ल्याउन सकिन्छ भन्ने जस्ता अत्यन्तै बहुउपयोगी प्रबचत र अन्तरक्रिया कार्यक्रममा समावेश गरिएको प्रधानाध्यापक ढकालले जानकारी दिए ।
आज भन्दा ३ बर्ष पहिला स्थापना भएको यो विद्यालय काठमाण्डौ बाहिरको पहिलो अत्याधुनिक, सुविधा सम्पन्न आधुनिक, प्रविधिमैत्री सिकाई विद्यालय को रुपमा पहिचान स्थापना गरेको छ ।

हाल यो विद्यालयमा नर्सरी देखि कक्षा ९ सम्म अध्यायपन हुदै आएको छ । ८० करोड लागतमा आफ्नै जग्गामा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी विद्यालयले पठन पाठन सुरुवात गरेको छ । जसमा स्वीमिङ्ग पुल, खेल मैदान, फुटसल ग्राण्ड सहित खेलकुदका सबै गतिविधि गर्न मिल्ने मैदान समेत रहेको छ । विद्यालयमा पूर्णरुपमा बातानुकुलित रुपमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : २२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं