२ चैत्र २०८२, सोमबार | March 16, 2026

लुम्बिनीका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिँदै



बुटवल । सत्ता गठबन्धनका शीर्ष नेताहरुले लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरे लगत्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभाबाट विश्वासको मत लिने निर्णय गरेका छन् । मुख्यमन्त्री चौधरीले चैत २२ गते विहीबार विश्वासको मत लिने निर्णय गरेका हुन् ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेका अनुसार मंगलबार बिहान बसेको प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय छ ।

केन्द्रमा सत्ता समिकरण फेरिएसंगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । संबिधान अनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्राबधान छ । सोही अनुसार २२ चैतमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनीमा एमालेका २९, काँग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तीका ४र४ जना र जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३र३ जना सांसद छन् । लुम्बिनीमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ जना सांसद छन्, भने एक जना स्वतन्त्र सांसद छन् । राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् ।

एमाले, माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्ती पार्टी र एकीकृत समाजवादी पार्टी हुँदा नयाँ समीकरण अनुसार बनेको गठबन्धनको बहुमत पुग्ने देखिन्छ ।

गत वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए । वैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १२ : ३७ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित