३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

म्याग्दीको विकट गाउँ सडक सञ्जालमा जोडियो



म्याग्दी । म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका-४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो ।

धवलागिरि गाउँपालिका-४ का वडाध्यक्ष याम घर्तीमगरले लामो छहरा केङ्कीबाट खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको बताए । “खाम्ला-केङ्की-नाउरा हुँदै बगर जोड्ने मूल सडक निर्माण भइरहेको छ”, उनले भने, “केङ्कीबाट खिवाङ जोड्ने शाखा सडक निर्माण हालै पूरा भएको हो ।” सडक निर्माण भएपछि खिवाङका एक सय ८० घरपरिवार लाभान्वित भएका उनले बताए । सो सडकमा मोटरसाइकल, जिप र ट्रयाक्टर चल्न थालेका छन् ।

पैसठ्ठी मेगावाट क्षमताको म्याग्दीखोला, ५३ मेगावाटको अपर म्याग्दी (१) र ३७ मेगावाटको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीको संयुक्त लगानीमा खिवाङलाई सडक सञ्जालले जोडिएको गाउँपालिकाले जनाएको छ ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हालसम्म सडक नपुगेको खिवाङ गाउँलाई यातायात सञ्जालमा जोड्न निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरिएको बताए । अपर म्याग्दी जलविद्युत् आयोजनाका संयोजक सुरेश घलेले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत विकट गाउँ खिवाङ जोड्ने सडक निर्माण गरेको बताए । गाउँपालिकाको सक्रियतामा खाम्ला हुँदै खिवाङ जोड्ने सडक पनि निर्माणाधीन छ ।

जलविद्युत् आयोजनाले नाउरा हुँदै बगरगाउँ जोड्ने सडकको ट्र्याक खोल्ने कामलाई पनि अन्तिम चरणमा पुर्याएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : ३८ बजे

अवैध उत्खनन कार्यमा संलग्न सवारी साधन प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाका अबै माटो उत्खनन् गर्ने साधन

सार्बजनिक सम्पति तोडफोड गरे सम्बन्धित दलसँग असुली गरिने, बिल पठाइदैँ

काठमाडौं । सरकारले आन्दोलनको क्रममा भएका सार्बजनिक सम्पतिको क्षति आन्दोलनकारी

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले

Pakistani Ambassador calls on Vice President Yadav

Kathmandu: Pakistani Ambassador to Nepal Abrar H Hashmi paid a

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ