८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेपाल ‘ए’को कसिलो बलिङमा सस्तैमा समेटियो आयरल्याण्ड ‘ए’



काठमाडौं । नेपाल ‘ए’विरुद्धको पहिलो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ सस्तैमा समेटिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ३८ दशमलव तीन ओभरमा अलआउट हुँदा एक सय ५७ रनमात्रै बनाउन सक्यो ।

सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्डले मध्यमक्रममा सम्हालिने प्रयास गरे पनि अन्तिममा लय गुमायो । उसले पछिल्लो पाँच ओभरमा छ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सक्यो ।

आयरल्याण्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए । कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाए । त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वर जेम्स मकलम र स्टेफल डोहनीले समान १२/१२ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख रन बनाउन सकेनन् ।

नेपाल ‘ए’का लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए भने साहब आलम र मौसम ढकालले दुई/दुई विकेट लिए । साथै रिजन ढकालले एक विकेट लिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १२ : ५७ बजे

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता