२६ माघ २०८२, सोमबार | February 9, 2026

गुजरातविरुद्ध पहिला ब्याटिंग गर्दै नेपाल



काठमाडौं । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यस खेलमा गुजरातले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

यस फ्रेन्डसिप कपमा नेपालले यसअघि लगातार दुई खेलमा जित हासिल गरेर फाइनल नजिक पुगेको छ । नेपालले यस अघि गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको थियो ।

त्यसैगरी गुजरात क्रिकेट एसोसियसनले सोमबार सम्पन्न खेलमा बरोडालाई ५ विकेटले पराजित गरेको थियो भने बरोडाले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

अब नेपालले अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।

नेपालको प्लेइङ-११ :

रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह,  गुलशन झा, सोमपाल कामी, प्रतिस जिसी र अविनास बोहोरा ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  २ : ५२ बजे

श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड २० रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक श्रीलंकाले विजयी सुरुवात

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।

निर्वाचन आउन २४ दिन बाँकी : आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौं । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद