२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

नयाँ वर्षको आगमनसँगै आर्थिक संकटबाट मुक्ति पाइने अपेक्षा



तिलोत्तमा । तिलोत्तमा व्यापार संघले नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

संघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले भित्तेपात्रोको विमोचन गरेका थिए । त्यस अवसरमा बोल्दै पोखरेलले नयाँ वर्षको आगमनसँगै आर्थिक संकटबाट मुक्त हुने, अर्थतन्त्र चलायमान हुने र व्यवसायीमाथि आइपरेका कठिनाईहरु अन्त्यका लागि व्यवसायीहरुलाई शुभकामना दिए । उनले आगामी दिनमा व्यवसायीहरुको हक हितका साथै सामाजिक क्षेत्रमा समेत तिलोत्तमा व्यापार संघले आफ्ना गतिविधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

संघका संस्थापक अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जेपी कंडेलले संस्थाको आर्थिक सवलीकरणमा जोड दिंदै संस्थाले लिएका उद्देश्य, लक्ष्य र कार्ययोजनालाई सार्थक बनाउन आग्रह गरे । उनले संघको सचिवालय भवन निर्माणका लागि तिलोत्तमा नगरपालिकाले अहिलेसम्म सहयोग नगरेको भन्दै अवका दिनमा सार्थक ढंगले यसलाई अगाडि बढाउनुपर्ने बताए ।

संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले तिलोत्तमा व्यापार संघलाई थप सवल र गतिशिल संस्थाको रुपमा स्थापित गर्न वर्तमान नेतृत्व लागिपरेको बताए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, सल्लाहकारद्वय लक्ष्मण पौडेल, हरिप्रसाद कंडेल, इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख टेकराज भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ४६ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत