२९ भदौ २०८३, सोमबार | September 14, 2026

तिलोत्तमा व्यापार संघले गोष्ठीमार्फत आगामी कार्ययोजना बनाउने



तिलोत्तमा । तिलोत्तमा व्यापार संघले वार्षिक कार्ययोजना निर्माणका लागि आगामी चैत १, २ र ३ गते कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ । संघको शनिबार बसेको कार्यसमितिको बैठकले कार्यशाला गोष्ठीमार्फत कार्ययोजना निर्माण गर्ने र कार्यशालाको स्थान भने पछि तय गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले संघको सल्लाहकारहरु चयन गरेको छ । संस्थागत सल्लाहकारमा रुपन्देही व्यापार संघ रहेको छ भने सल्लाहकारहरुमा मोहन चापागाई र यज्ञ गैरेलाई चयन गरिएको छ ।

संघले प्राविधिक सल्लाहकारमा दुजेन्द्र बस्नेत, आर्थिक सल्लाहकारमा नुमेन्द्र पौडेल, कानुनी सल्लाहकारमा केशव चौधरी, प्रेस सल्लाहकारमा लक्ष्मण पौडेल र अन्य सल्लाहकारहरुमा हरिप्रसाद उपाध्याय, विष्णुप्रसाद भट्राई र कमल पौडेललाई चयन गरिएको कार्यालय प्रमुख रामप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले मानबहादुर बर्माको संयोजकत्वमा कमलप्रसाद शर्मा कंडेल, शितल ज्ञवाली, भगवती घर्ती र मिनराज भारद्वाज सदस्य रहेको क्यालेन्डर प्रकाशन समिति पनि गठन गरेको छ । बैठकमा कार्यसमिति सदस्य ताराप्रसाद नेपाल द्वितीय उपाध्यक्षमा रामु भण्डारी सहकोषाध्यक्ष र पार्वती गिरीले सदस्यको रुपमा शपथग्रहण गरेका थिए ।

 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ५ : १८ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला