२९ बैशाख २०८२, सोमबार | May 12, 2025

नयाँ वर्षको आगमनसँगै आर्थिक संकटबाट मुक्ति पाइने अपेक्षा



तिलोत्तमा । तिलोत्तमा व्यापार संघले नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

संघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले भित्तेपात्रोको विमोचन गरेका थिए । त्यस अवसरमा बोल्दै पोखरेलले नयाँ वर्षको आगमनसँगै आर्थिक संकटबाट मुक्त हुने, अर्थतन्त्र चलायमान हुने र व्यवसायीमाथि आइपरेका कठिनाईहरु अन्त्यका लागि व्यवसायीहरुलाई शुभकामना दिए । उनले आगामी दिनमा व्यवसायीहरुको हक हितका साथै सामाजिक क्षेत्रमा समेत तिलोत्तमा व्यापार संघले आफ्ना गतिविधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

संघका संस्थापक अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जेपी कंडेलले संस्थाको आर्थिक सवलीकरणमा जोड दिंदै संस्थाले लिएका उद्देश्य, लक्ष्य र कार्ययोजनालाई सार्थक बनाउन आग्रह गरे । उनले संघको सचिवालय भवन निर्माणका लागि तिलोत्तमा नगरपालिकाले अहिलेसम्म सहयोग नगरेको भन्दै अवका दिनमा सार्थक ढंगले यसलाई अगाडि बढाउनुपर्ने बताए ।

संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले तिलोत्तमा व्यापार संघलाई थप सवल र गतिशिल संस्थाको रुपमा स्थापित गर्न वर्तमान नेतृत्व लागिपरेको बताए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, सल्लाहकारद्वय लक्ष्मण पौडेल, हरिप्रसाद कंडेल, इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख टेकराज भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ४६ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। आज पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

बुद्धजयन्ती कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुगे लुम्बिनी

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन्

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस

वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई

बुद्धले सामाजिक अन्याय, अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार-क्रान्तिको सूत्रपात गरेका थिए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री